पूर्व बार्सिलोना तथा स्पेनिस खेलाडी सेस फ्याब्रीगास अनुसार बार्सिलोनाका कप्तान लियोनल मेस्सी एक ‘पर्फेक्ट फुटबलर’ हुन्। मेस्सीसँग बार्सिलोनामा ३ सिजन सँगै बिताएका उनी मेस्सीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी सम्झिन्छन्।
मेस्सी अहिले बार्सिलोनामा आफ्नो १७ सिजन बिताइरहेका छन्। बार्सिलोनामा हुँदा हुँदा सबै सम्भव उपाधि जितिसकेका छन्। च्याम्पियन्स लिग, लालिगा तथा व्यक्तिगत रूपमा ६ ब्यालुन डी ओर मेस्सीले बार्सिलोनासँग जितेका मुख्य अवार्ड तथ्य उपाधि हुन्।
२०११ र २०१४ बीच क्याम्प नोउमा अर्जेन्टिनी कप्तानको प्रतिभा देख्न पाएका फ्याब्रीगास आधुनिक युगमा मेस्सीको स्तरमा कुनै पनि खेलाडी नभएको विश्वास गर्छन्। मोनाको स्टारले मेस्सीलाई थिएरी हेनरी, कार्लस पुयोल र जोन टेरीको तारिफ गर्नुअघि मेस्सीलाई सिद्ध फुटबलरको रूपमा वर्णन गरे।
उनले पासिंगको कुरा गर्दा आफैलाई यस पक्षमा मास्टर बताएका छन्। उनले एक पत्रकारलाई भने, “मैले खेलेका सबै खेलाडीहरूबाट? मैले वास्तवमा धेरैलाई छान्नु पर्दैन, म लियोनल मेस्सीलाई रोज्छु। यदि तपाईंसँग पर्फेक्ट खेलाडी छान्ने विकल्प छ भने धेरै सोच्नै पर्दैन नि।”
मेस्सीसँग बार्सिलोनामा हुँदा फ्याब्रीगासले ६ उपाधि जित्न सफल भए। थप रूपमा उनले बार्सिलोनाका लागि १५१ खेल खेल्दै ४२ गोल र ५० असिस्ट पनि प्रदान गरे।