आज फागुन २ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

विवाहोत्सुकले जीवनसाथी भेट्ने योग रहेको छ। सामाजिक रूपमा यश-कीर्ति मिल्नेछ। व्यापारमा लाभ मिल्नेछ। भ्रमणको व्यवस्था गर्नुहुनेछ। मध्यान्नपछि मानसिक एकाग्रतामा कमी देखिनेछ। स्वास्थ्य बिग्रिन सक्ला ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कुन पनि प्रकारको मानसिक भारबाट मुक्त रहनुहुनेछ। शारीरिक रूपबाट तपाईको स्वास्थ्य स्वस्थ रहनेछ। पारिवारिक जीवनमा सुख-शान्ति अनुभव गरुहुनेछ। व्यवसायमा यश मिल्नेछ। कार्यको चर्चा हुनेछ र उच्च अधिकारी तपाईबाट प्रसन्न रहनेछन्। मध्यान्नपछि नयाँ कार्यको आयोजन गर्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन मिश्र फलदायी रहनेछ। स्वास्थ्यमा केहि उतार-चढाव आउनेछ । व्यावसायिक स्थलमा उच्च अधिकारीको अप्रसन्नताले तपाई निराश रहनुहुनेछ। पैसा खर्च हुनेछ। सन्तानको चिन्ताले सताउनेछ। मध्यान्नपछि तपाईको कार्यमा सफलता हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि वातावरण अनुकूल रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मनलाई शान्त र प्रफुल्लित राख्नको लागी ईश्वरको नाम-स्मरण गर्नुहोला। क्रोधलाई वशमा राख्नुहुनेछ। अनैतिक कृत्य र नकारात्मक विचारलाई टाढा राख्नुहोला। धनको समस्या रहनेछ। मध्यान्नपछि शारीरिक स्वस्थता र मानसिक स्वस्थता प्राप्त हुनेछ। व्यावसायिक स्थलमा उच्च अधिकारीबाट सम्हालेर हिडनुहोला। कसैसँग उग्र वादविवाद नगर्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्यको हिसाबले तपाई खुशी रहनुहुन्छ। साथी र आफन्तसँग यात्राको योजना बनाउनुहुनेछ। सामाजिक रुपले सम्मान प्राप्त गर्नुहुनेछ। आफन्तसँग  छलफल सकारात्मक रहनेछ। रिसको भावना बढ्नेछ। पारिवारिक बहसबाट बच्न, बोलीमा ध्यान राख्नुहोला।अधिक खर्चले आर्थिक समस्या निम्त्याउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको स्वभावमा केहि अधिक संवेदनशीलता रहनेछ। कार्य सफलताले मानसिकरुपबाट प्रफुल्लित रहनुहुनेछ। यश र कीर्ति वृद्धि हुनेछ। शारीरिक र मानसिक रूपले तपाई प्रसन्न अनुभव गर्नुहुनेछ। पारिवारिक सुख-शान्ति बनिरहनेछ। प्रत्येक कार्यमा मनोबलको दृढता र आत्मविश्वास छल्किनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बौद्धिक शक्तिबाट  लेखन कार्य र अन्य सृजनात्मक कार्य गर्नमा  अगाडी बढ्नुहुनेछ। विचारमा शीघ्र परिवर्तनबाट मानसिक रूपले स्वस्थ रहनुहुनेछैन। आकस्मिक खर्च हुने योग रहेको छ। मध्यान्नपछि  कार्य- सफलता मिल्नाले  मानसिक रूपले प्रसन्न रहनुहुनेछ। यश र पनि प्राप्त हुनेछ। व्यवसायिक क्षेत्रमा सहकर्मीको सहयोग प्राप्त गर्नुहुनेछ। परिवारको वातावरण आनन्दपूर्ण रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विधार्थीको लागी अनुकुल दिन रहेको छ। नयाँ वस्त्राभूषण तथा प्रसाधनमा खर्च हुनेछ। आर्थिक योजना सरल बनाउनु हुनेछ। मध्यान्नपछि वैचारिक स्थिरता रहनेछैन।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक र मानसिक स्वास्थ्य स्वस्त रहनेछ।  परिवारसँग भ्रमणको आयोजन गर्नुहुनेछ। मित्र र आफन्तसँग समय आनन्दपूर्वक सदुपयोग हुनेछ। मध्यान्नपछि शारीरिक र मानसिक रूपले व्यग्रता अनुभव गर्नुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अधिक वाद-विवाद नगर्नुहोला। धार्मिक कार्य र उपासनामा खर्च हुनेछ। परिवारसँग मनमुटाव नहोस् यस कुराको ध्यान राख्नुहोला। मध्यान्नपछि मन प्रफुल्लताको अनुभव गर्नुहुनेछ। शारीरिक रूपले स्वस्थ रहनुहुनेछ। भाग्यमा वृद्धि हुने योग रहेको छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कुनै नकारात्मक भावनालाई महत्व नदिएर  मानसिक रूपले स्वस्थ रहनुहुनेछ। शारीरिक प्रफुल्लता र मानसिक प्रसन्नता दिनभर बनिरहनेछ। धार्मिक कार्य प्रति आकर्षित रह्नुहुनेछ। विधार्थीले पढन – लेखनमा अनुकूलता रहनेछ। गृहस्थ जीवन शान्तिपूर्ण बनिरहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

पैसाको लेन-देन वा लगानी गर्नुहुनेछ। कुनै पनि कार्य विध्न नहोस् यस कुराको ध्यान राख्नुहोला। बोलि र क्रोधमा ध्यान राख्नुहोला। अकस्मातबाट सम्हालेर बस्नुहोला। मध्यान्नपछि  शारीरिक र मानसिक स्वाय्थ्यमा सुधार आउनेछ।  धार्मिक र आध्यात्मिक प्रवृत्ति तर्फ मन लागिरहनेछ।

प्रकाशित : शनिबार, फागुन ०१, २०७७१९:१८

रुपन्देही जिल्लामा प्रचण्ड-नेपाल समूहलाई कडा धक्का, ओली समूह मक्ख !