इन्टरनेटको मूल्य बढाउने चेतावनी

काठमाडौँ – इन्टरनेट सेवा प्रदायकहरुहरुले इन्टरनेटको मूल्य बढाउने चेतवानी दिएका छन्। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङलाई ज्ञापनपत्र बुझाउँदै इन्टरनेट सेवा प्रदायकहरुहरुले इन्टरनेटको मूल्य बढाउने चेतवानी दिएका हुन्।

गुरूङलाई ज्ञापनपत्र बुझाउँदै इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले विद्युतीय वृद्धि गरेको पोलको भाडादर फिर्ता लिन माग गरेका छन्। सो भाडादर नघटाएमा इन्टरनेटको मूल्य बढाउने आईस्पानको चेतावनी छ।

डिजिटल नेपाल निर्माण गर्न सर्वसुलभ इन्टरनेट चाहिने उल्लेख गर्दै इन्टरनेट सेवा प्रदायकहरुहरुले इन्टरनेटको मूल्य बढाउन आफूहरु बाध्य नबनाउन चेतवानी दिएका छन्।

नेपाल विद्युत प्राधिकरणले आफ्नो ओपीजी फाइबरमा भाडादर वृद्धि गरी एक वर्षमा प्रति किमि कर बाहेक ३२ हजार पुर्याएको छ। यसरी प्राधिकरणले भाडादर वृद्धि गर्दा समन्वय नगरेको प्रति पनि इन्टरनेट सेवा प्रदायकहरुहरुले आपत्ति जनाएका छन्।

प्राधिकरणले गरेको भाडा वृद्धिले आफूहरुलाई ठूलो मार परेको उनीहरुको भनाई छ। प्राधिकरणको उक्त कदमले नागरिकमा इन्टरनेटको पहुँच पुर्‍याउन गाह्रो अवस्थातर्फ धकेल्ने विज्ञप्तिमा इन्टरनेट सेवा प्रदायकहरुहरुले उल्लेख गरेका छन्।

उनीहरुले विद्युत प्राधिकरणले फाइबर भाडा १० हजार रुपैयाँ भन्दा कममा बनाउनुपर्ने, पोलको भाडादर महानगरपालिका र उपमहानगरपालिकामा प्रति पोल प्रति वर्ष २५० रुपैयाँ, नगरपालिकामा १५० रुपैयाँ प्रति पोल प्रतिवर्ष र गाउँपालिकामा प्रति पोल प्रतिवर्ष ५० रुपैयाँ कायम गर्नुपर्ने लगायतमा माग सरकार समक्ष राखेका छन्।

साथै उनीहरुले इन्टरनेटमा लागाइँदै आएको कर्पोरेट ट्याक्स पनि घटाउन माग गरेका छन्।

प्रकाशित : आइतबार, फागुन ०२, २०७७१६:०६

माधव कुमार नेपालले भने – “रामकुमारीपछि मलाई र प्रचण्डलाई जेल हाल्ने योजना रहेछ”