अमिताभ बच्चन र रेखाको अघोषित प्रेम कहानी, गुपचुप विवाह पनि !

एजेन्सी : अमिताभ र रेखाको प्रेम कहानी आजसम्म पनि बलिउडको सबैभन्दा चर्चित मामिला मध्ये एक हो। फेरि पनि यो अत्यन्तै चर्चित प्रेम कहानी सधैँ रहस्यमय बनिरह्यो किनकी दुवै जनाले सार्वजनिक रुपमा कहिल्यै आफ्नो सम्बन्ध स्वीकारेनन्। बलिउड फिल्म इन्डस्ट्रीको दुई दिग्गज अमिताभ र रेखाबीच कसरी-कहिलेबाट प्रेम सम्बन्ध सुरु भयो र कसरी सम्बन्ध तोडियो त ?

अमिताभ र रेखाको प्रेम कहानी फिल्म ‘दो अन्जाने(१९७६)’ को सेटबाट सुरु भएको थियो, जति बेला अमिताभ विवाहित थिए। आफ्नो विवाहेत्तर सम्बन्धको सुरुवाती अवस्थामा रेखा र अमिताभ एक बंगला(Bungalow) मा भेट्ने गर्थे, जुन बंगला रेखाको साथीको थियो। पहिलेदेखि विवाहित अमिताभ र रेखाको बीचको यस अफेयरबारे कसैलाई पनि थाहा थिएन्।

‘गङ्गा की सौगन्ध(१९७८)’ को शूटिङको क्रममा बिग बी एक सह-अभिनेतासँग असाध्यै रिसाएका थिए जसले रेखासँग दुर्व्यवहार गरेका थिए। यो घटनापछि उनको अफेयरबारे चौतर्फी हल्ला चल्यो र सञ्चारमाध्यमको पनि ध्यानाकर्षण गर्यो।

उनीहरुको सम्बन्ध कसैबाट लुक्न सक्ने र रातारात चर्चामा आयो। अमिताभ र रेखाले गुपचुप विवाह गरेको समेत अफवाह फैलिएको थियो। यो अड्कलबाजी तब काटिएको थियो जब रेखाले ऋषि कपूर र नीतु सिंहको विवाहमा सिन्दुर र मङ्गलसुत्र लगाएर शानदार तरिकाले प्रवेश गरिन्। विवाहमा उपस्थित सबैको ध्यान बेहुलाबेहुली भन्दा रेखा र उनको विवाहित लुकले खिचेको थियो।

कुरा यतिमा मात्र सीमित रहेन्, रेखा अमिताभ नजिक गईन् र अमिताभसँग औपचारिक रुपमा कुरा गर्न थालिन्। यो घटनापछि जया बच्चनले रेखालाई रातको खानाको लागि घर बोलाइन् र उनलाई स्पष्ट रुपमा भनिन् कि चाहे जे सुकै होस् उनी आफ्नो पतिलाई कुनै पनि हालतमा छोड्ने छैनन्। जयाले आफ्नो बाचा निभाइन्। खैर, रेखा र अमिताभ पछि आ-आफ्नो बाटो लागे तर यो सर्वविदितै छ कि रेखा अझै पनि आफ्नो निधारमा सिन्दुर लगाउँछिन्।

प्रकाशित : आइतबार, फागुन ०२, २०७७१९:५२

अरबौँ सम्पत्तिका मालिक मिथुनले कैयन दिनसम्म किन लगाए एउटै लुगा, कारण अनौठो !