पोर्टो विरुद्द प्रयास गरेको हाँसो लाग्दो ड्रिबलले बताउँछ रोनाल्डोको प्रदर्शन, हेर्नुहोस् [भिडियो सहित]

युभेन्टसको साथ च्याम्पियन्स लिग जित्ने क्रिस्टियानो रोनाल्डोको सपनामा ठूलो धक्का लागेको छ। गयराती भएको खेलमा इटालियन च्याम्पियन युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग २-१ गोल अन्तरले पराजित भयो।

आफ्नो होम ग्राउन्डमा भएको खेलको दोस्रो मिनेटमा नै पोर्टोका लागि मेहेदी टारेमोले गोलको खाता खोलेका थिए। मौसा मारेगाले खेलको ४६ औं मिनेटमा पोर्चुगिज क्लबको अग्रता दोब्बर पारे।

 

 

पूरै खेलमा आफ्नो स्तर अनुसार प्रदर्शन गर्न नसकेको युभेन्टसले खेलको अन्तिम केहि समय पनि सुधारिएको खेल खेल्दै महत्वपूर्ण आवे गोल गर्न सफल भयो। इटालियन महारथीको लागि खेलको ८२ औं मिनेटमा फेडेरिको सिसेले गोल गरे।

https://twitter.com/i/status/1362142221714272256

युभेन्टसको प्रदर्शन जस्तै रोनाल्डोको प्रदर्शन पनि खेलभर निकै फितलो रह्यो। यस्तोमा पूरा खेलको हाइलाइट रह्यो रोनाल्डोले गरेको ड्रिबलको प्रयास जुन निकै नराम्रो तरिकाले असफल भयो। लेफ्ट फ्ल्यान्कबाट बल बोक्स भित्र लेराउने क्रममा रोनाल्डोले पोर्टोका डिफेन्डरलाई छक्याउन आफ्ना केहि ट्रेडमार्क स्टेपओभरहरूको प्रयास गरे। तर उनको यो प्रयास विपक्षी डिफेन्डरको खुट्टामा बल दिनको लागि मात्र सफल भयो।

प्रकाशित : बिहिबार, फागुन ०६, २०७७१६:२०

क्रिस मोरिस आइपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी, १६ करोड २५ लाख भारुमा बिके !