रोनाल्डो एकदम स्वार्थी खेलाडी हुन्, उसलाई आफूले गोल गर्न मात्र मतलब हुन्छ !

एन्टोनियो कासानोले क्रिस्टियानो रोनाल्डोलाई “स्वार्थी” खेलाडीको रूपमा चिनाएका छन् र उनी स्टार आद्रे पिरलोको खेल शैलीमा फिट हुन नसकेको समेत टिप्पणी दिएका छन्। रोनाल्डो यस सिजन युभेन्टसका लागि सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्। उनले यो सिजन इटालियन च्याम्पियनको लागि २७ खेलमा २३ गोल गरिसकेका छन्।

तर ३६ वर्षीय पोर्चुगिज कप्तानको मिडविकमा पोर्टोसँग फितलो प्रदर्शन रह्यो। उक्त खेलमा युभे पोर्चुगिज क्लबसँग २-१ को हार व्यहोर्न बाध्य भयो। यस्तोमा, पूर्व इटाली र रियल म्याड्रिडका फारवर्ड कासानो रोनाल्डो अझै पनि खेलको उच्च स्तरमा रहेपनि उनी यो सिजन निकै गाह्रो अवस्थाबाट गुज्रिरहेको विश्वास राख्छन्।

“मैले सधैं भनेकै छु, उनी एक उत्कृष्ट खेलाडी हुन् र अनगिन्ती गोल गरिसकेका छन् तर उनी आन्द्रे पिरलोको खेल शैलीबाट उनी कठिनाइमा पर्न सक्छन,” कासानोले त्विचमा क्रिश्चियन भिरीलाई भने, “उनले प्राय: हरेक खेलमा गोल गरेका हुन्छन् तर यो सत्य हो कि उनी आन्द्रेको विचारसँग सहज छैनन्। उनी सँधै स्वार्थी हुन्छन्, उनले अरूले गोल गरुन् भन्ने बारेमा सोच्दैनन्। उनी गोल गर्न मात्र खेल्छन्, राम्रो खेल खेल्न हैन।”

पोर्टोसँग हातेको युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिने खतरा बढेको समयमा सरी एमा पनि लिग लिडर इन्टर मिलानभन्दा १ खेल कम खेल्दै ८ अंकले पछि परेको छ।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७११:५९

हालाण्ड भर्सेस एम्बाप्पे: को उत्कृष्ट भन्ने बारे यसो भन्छन् जिदान !