देशभर कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार माथि, थप ९७ जना नयाँ संक्रमित !

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालभर ९७ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।


यस दिन २ हजार ९ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७३ हजार दुई ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार मुलुकभर १ सय १४ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ। अहिले नेपालमा १ हजार ५ सय ८३ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ। योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या २ हजार ६१ पुगेको छ ।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७१६:५९

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई ललितपुर महानगरको २० लाख सहयोग