अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई ललितपुर महानगरको २० लाख सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। शुक्रबार महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन्।

सो अवसरमा धुर्मुस-सुन्तलीफाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले अप्ठेरो परिरिस्थतिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिँदै रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको बताएका छन्। उनले महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि थप उर्जा मिलेको पनि बताए।

यहि आर्थिक वर्ष भित्र नै ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइरहेको उनले बताए।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७१७:१७

देशमा त ओली र विद्यादेवीको ‘गुण्डाराज’ पो चल्यो: प्रचण्ड