आज काठमाडौँ उपत्यकाका धेरै स्थानमा विद्युत ‘कटअफ’ ! कहाँ-कहाँ ? [सूची सहित]

काठमाडौँ – आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विद्युत कटौती हुने भएको छ। विभिन्न स्थानमा मर्मतसम्भार तथा केहि स्थानमा प्राविधिक स्तरोन्नति गर्न पर्ने भएका कारण नेपाल विद्युत प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा विद्युत कटौती गर्न लागेको हो।

काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ठाउँमा विद्युत कटौती हुने बारे प्राधिकरणले सूचना प्रकाशित गरेर सबैमा जानकारी गराएको छ। प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि तीन घण्टा बत्ती कटौती हुनेछ ।

रेडियो नेपाल फिडरअन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर इन्जिनियरिङ, नागदहलगायतका क्षेत्रमा दिउँसो २ बजे सम्म विद्युत नहुने प्राधिकरणले जनाएको छ।

यस्तै पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत पर्ने रियो अपार्टमेन्ट क्षेत्रमा पनि ११ बजेदेखि २ बजेसम्म विद्युत कटौती हुनेछ। उक्त कटौतीबाट हनुमानथान, प्रसूति गृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस, भाटभटेनीलगायत क्षेत्रमा विद्युत हुने छैन। ११ केभी क्षमताको लाइनमा डिसकनेक्टिङ स्विच राख्नको लागि विद्युत कटौती गर्न लागिएको प्राधिकरणको भनाई छ।

त्यस्तै भक्तपुरको इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट हाइट, एपी भैरव र झौखेल क्षेत्रमा पनि आज केहि घण्टा विद्युत कटौती हुनेछ। भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडरमा पर्ने वीर नेक कलेज नजिकै ट्रान्सफर्मर जडानलगायतको काम गर्नुपर्ने भएकाले १० बजेदेखि १२ बजे सम्म त्यस क्षेत्रमा विद्युत कटौती गर्न लागिएको हो।

प्रकाशित : शनिबार, फागुन ०८, २०७७०९:१०

उपराष्ट्रपति र सभामुख माथि खनिए सूर्य थापा, पदमा टाँस्सिइरहने भन्दै गरे यस्ता प्रश्न !