श्री ७ बन्न खोजे ओलीलाई तह लगाउने समय आयो भन्दै जंगिए डा. केसी, दिए यस्तो चेतवानी !

काठमाडौँ – डा. गोविन्द केसीले श्री ७ बन्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले तह लगाउने बताएका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार माइतीघर मण्डलमा आयोजित नागरिक आन्दोलनलाई सम्बोधन गर्नेक्रममा केसीले ओलीलाई जनताले तह लगाउने बताएका हुन्।

केसीले ओली भ्रष्ट मात्रै नभएर गैरजिम्मेवार, जवाफदेहिता बिहीन र तानाशाह पनि भएको आरोप लगाए। ओलीले जनताको समस्यालाई भन्दा पनि अनावश्यक कुरालाई बढी प्राथमिकता दिएको उनको आरोप छ।

सत्तामा रहिरहने ओलीको सनकका कारण अहिलेको अवस्था आइपुगेको पनि उनले बताए। विगतमा श्री ५लाई जनताले ठेगान लगाइसकेको उल्लेख गर्दै केसीले श्री ७ बन्न खोज्ने ओलीसहितका प्रवृत्तिहरुलाई पनि ठेगान लगाउने दावी गरे।

“प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्ट मात्रै होइनन्, गैरजिम्मेवार, जवाफदेहिता बिहीन र तानाशाह हुन् । उनले प्राथमिकता चिनेनन् ।अहिले चुनाव होइन नागरिकका समस्या समाधान गर्नु पर्ने बेला हो । तर उनको सत्तामा रहिरहने शनकका कारण देश अहिलेको अवस्थामा आएको हो।”,उनले भने,”हिजो श्री ५ थिए अहिले छैनन् । जनताले श्री ७ बन्न खोज्ने ओलीसहितका प्रवृत्तिहरुलाई पनि ठेगान लगाउने छन् ।”

त्यस्तै केसीले प्रधानमन्त्री बनेलगतै ओलीले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विरोध गर्ने अधिकार खोस्न शुरु गरेको पनि आरोप लगाए। ओलीबाट प्रजातन्त्रको मूल मर्म वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने काम भएको उनको आरोप छ।

आफू विरुद्ध बोल्नेहरुलाई ओली सरकारले खोजि-खोजि पक्राउ गर्न थालेको र अरिंगाल र साइबर सेना लगाइदिन थालेको आरोप पनि केसीको छ।

“जवाफदेही बन जनताप्रति उत्तरदायी बन भनेमा ओलीले कहिले अरिंगाल लाइदिन्छन्, कहिले साइबर सेना लाइदिन्छन् । केही दिनअघि सत्यतथ्य बोलेकै भरमा ओली नेतृत्वको सरकारले गिरफ्तार गर्यो ।”,उनले भने।

प्रकाशित : शनिबार, फागुन ०८, २०७७१४:४५

आफूहरु प्रचण्ड समूहमा फर्किन लागेको बारे बोले बादल !