आफूहरु प्रचण्ड समूहमा फर्किन लागेको बारे बोले बादल !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली पक्षका नेता तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रचण्ड-नेपाल समूह गलत प्रचार गर्न लागिपरेको बताएका छन्।

विराटनगरमा नेकपा प्रदेश १ कमिटीले शनिवार मोरङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नेक्रममा थापाले सरकार र आफू विरुद्ध प्रचण्ड-नेपाल समूह गलत प्रचार गर्न लागिपरेको बताएका हुन्।

केहि दिन अगाडी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका दुई मन्त्री आफूहरुको सम्पर्कमा रहेको र छिट्टै ओली समूह फर्किने तयारीमा रहेको बताएका थिए। सोहि विषय बारे समेत टिप्पणी गर्दै बादलले प्रचण्ड-नेपाल पक्षले गलत प्रचार गरिरहेको बताए।

प्रचण्ड नेपाल समूहले गोयवल्स शैली अपनाएको उनले स्पष्ट पारे। एक झुटलाई १०० पटक दोहोर्याउँदा सत्य सावित हुन भन्ने गोयवल्सको शैलीबाट प्रेरित भएर प्रचण्ड समूहले झुटको खेतिगरिरहेको आरोप थापाले लगाए।

“काठमाडौंमा नयाँ भ्रम फैलाउने प्रयत्न गरे, केही मन्त्रीहरु फेरि फर्केर प्रचण्ड नेपालको समूहतर्फ फर्किदै छन भन्ने भ्रम फाले । देशव्यापी रुपमा किन यस्तो गर्दैछन् ?”,उनले भने,”गोयवल्स शैलीमा गरिएको झुटको खेति सफल हुँदैन।”

त्यस्तै उनले प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भनेर पनि भ्रम फैलाइएको पनि बताएका छन्। जनतामा जाने कार्य कसरी प्रतिगामी कदम हुन्छ भन्ने उनको प्रश्न छ।

देशलाई अस्थिरतातिर धकेल्ने षड्यन्त्र भएपछि आफूहरुले अग्रगामी कदम चालेको उनले दावी मात्रै गरेनन्, संसद विघटन गरेर नयाँ परिवर्तनको थालनी भएको दावी उनले गरे।

प्रकाशित : शनिबार, फागुन ०८, २०७७१५:५३

ओलीको प्रहार – “प्रचण्डले वैध छाडे, पछि डाक्टर पनि छाडे, अहिले झाँक्रीकोमा पुगे”