मेस्सीभन्दा रोनाल्डो सधैँ माथि नै रहनेछन्, रोनाल्डोसँग कसैको तुलना नै गर्न मिल्दैन

बाएर लिभरकुजेनका स्टार लियोन बेलीका अनुसार बार्सिलोनाका कप्तान लियोनल मेस्सी पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डोको स्तरमा कहिले पनि पुग्न सक्दैनन्। बेलीको नजरमा यी दुई फुटबलका दिग्गजले आफ्नो खेल जीवनमा जे-जे सफलता हाँसिल गरेका छन्, त्यो दृष्टिकोणबाट हेर्ने हो भने रोनाल्डोसँग मेस्सीको तुलना नै गर्न मिल्दैन।

बेलीको दृष्टिकोणमा रोनाल्डो आफ्नो प्रतिद्वन्द्वीभन्दा माथि हुनुको कारण निकै सरल छ: मेस्सीले बार्सिलोनामा मात्र आआफ्नो खेल जीवन बिताएका छन् र आफुलाई कहिल्यै विभिन्न टोली वा अन्य लिगमा प्रमाणित गरेका छैनन्।

“मलाई लाग्छ कि उनी [मेस्सी] धेरै समयदेखि एउटै मात्र क्लबमा छन्,” बेलीले ईएसपीएनलाई भने, “क्रिस्टियानो रोनाल्डो र मेस्सीबीचको ठूलो भिन्नता भनेको क्रिस्टियानो रोनाल्डोले विभिन्न टोलीमा शानदार प्रदर्शन गरेका छन् र यही कारणले उनी मेस्सी भन्दा उत्कृष्ट छन्।”

मेस्सी र रोनाल्डो दुबै फुटबल इतिहासकै महान खेलाडी भएपनि आफ्नो रोजाईमा सधैं रोनाल्डो नै पर्ने उनलको भनाइ छ। युभेन्टस स्टार रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट क्षमता छ भन्ने उनको विश्वास रहेपनि उनको नजरमा रोनाल्डो मेस्सीभन्दा धेरै सफल छन्।

“मलाई विश्वास छ कि क्रिस्टियानो भन्दा प्रतिभाको कुरा आउँदा मेस्सी धेरै नै प्रतिभाशाली छन्,” बेलीले भने, “तर जब सफलताको कुरा आउँछ म १०० प्रतिशत रोनाल्डोलाई रोज्छु।”

सफलताको कुरा गर्दा रोनाल्डोले मेस्सी (४) को भन्दा एक बढी अर्थात् ५ च्याम्पियन्स लिग जितेका छन्। लिगको कुरा गर्नु पर्दा मेस्सीले रोनाल्डोको तुलनामा धेरै उपाधि जितेका छन्। मेस्सीले १० लिग उपाधि जितेका छन् भने रोनाल्डोको नाममा ७ लिग उपाधि छ। मेस्सीले आफ्ना सबै उपाधि बार्सिलोनासँग जितेका हुन् भने रोनाल्डोले फरक-फरक तीन क्लबका साथ जितेका छन्: म्यानचेस्टर युनाइटेडसँग प्रिमियर लिग, रियल म्याड्रिडका साथमा लालिगा र युभेन्टसबाट खेल्दा सरी-ए।

व्यक्तिगत अवार्डको कुरा गर्दा मेस्सी (६) र रोनाल्डो(५) ले जितेका ब्यालुन डी ओर सायदै अरु कुनै खेलाडीले जित्न सक्नेछन्।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७१८:५५

मेस्सीको “अन्तिम नाँच” लगभग सकियो !