एम्बप्पेमा मेस्सीको जस्तो क्षमता छैन, मेस्सीको स्तरमा पुग्न सक्दैनन्

रेन्जर्स तथा स्कटल्याण्डका दिग्गज खेलाडी एली म्याकोइस्टलाई किलियन एमबाप्ले लियोनल मेस्सीको स्तरमा पुग्न सक्ने कुरामा शंका छ। मेस्सीसँगको दोर्सो भिडन्तमा एम्बाप्पेले मेस्सीको टोली विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गर्न सफल भए। पीएसजीले बार्सिलोनालाई ४-१ ले हराएको खेलमा एम्बाप्पेले मेस्सीलाई पनि ओजेलमा पार्ने प्रदर्शन गरेका थिए।

यी दुई बीचको पहिलो भिडन्त (फ्रान्स विरुद्ध अर्जेन्टिना, फिफा विश्वकप, २०१८) मा दुई गोल गरेका एम्बाप्पेलाई फुटबल जगतमा मेस्सीको स्थान लिन सक्ने खेलाडीको रूपमा हेरिएको छ।

एम्बाप्पेले अहिलेसम्म १५० भन्दा बढी गोल गरिसकेका छन् र २२ वर्षकै उमेरमा एकभन्दा धेरै लिग उपाधि र विश्व कप जितेका छन्, तर म्याकोइस्टका अनुसार एम्बाप्पे कहिले पनि मेस्सीको स्तरमा पुग्न सक्दैनन्।

गत हप्ता बार्सिलोनाका एन्टोएन ग्रिज्मनको एम्बप्पे मेस्सी र रोनाल्डोको स्तरमा पुग्ने खेलाडी रहेको तर्कमा आफ्नो विचार राख्दै म्याकोसिस्टले टकस्पोर्टसँग भने, “यसबारेमा म निश्चित छैन।”

“मलाई लाग्दैन कि एम्बाप्पेले खुट्टामा बल हुँदा त्यस्ता जादुमय पल देखाउन सक्छन् जसमा मेस्सी काबिलियत छन्। मेस्सी फुटबल इतिहासकै महान खेलाडी मध्ये एक हुन्,” म्याकोसिस्टले भने, “एम्बाप्पे एक उत्कृष्ट युवा खेलाडी हो र उनी पछि गएर विश्वकै उत्कृष्ट खेलाडी बन्नेमा कुनै शंका छैन तर त्यहाँ एक फरक छ। यदि कसैले मलाई एम्बाप्पेले मेस्सीलाई पनि पछि पार्छन् भन्छ भने, म चकित हुनेछु।”

प्रकाशित : आइतबार, फागुन ०९, २०७७१३:५१

के एम्बाप्पे-हालान्ड रोनाल्डो-मेस्सी भन्दा उत्कृष्ट ?