के एम्बाप्पे-हालान्ड रोनाल्डो-मेस्सी भन्दा उत्कृष्ट ?

च्याम्पियन्स लिग राउण्ड अफ १६ को पहिलो चारणको खेलमा किलियन एम्बाप्पे र एर्लिंग हालान्डले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई ओजेलमा पारे। यस्तोमा के मेस्सी र रोनाल्डोको समय सकिएको हो त ?

बार्सिलोनाका कप्तान मेस्सी, ३३ र युभेन्टसका पूर्व म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड फरवार्ड ३६ वर्षीय रोनाल्डोले एक दशकभन्दा बढी समयसम्म विश्व फुटबलमा प्रभुत्व जमाए तर अहिलेको समयमा दुबै खेलाडी च्याम्पियन्स लिगमा विलुप्त गोल स्कोरिंग रेकर्डको साथ खेलिरहेका छन्।

पीएसजी स्टार एम्बाप्पेले मेस्सीको कप्तानीमा रहेको बार्सिलोना विरुद्ध ४-१ को जीत निकालेको खेलमा ह्याट्रिक गर्न सफल भए। त्यस्तै, बोरुसिया डोर्टमुन्डका हालान्ड, २०, ले बुधवार सेभिलालाई ३-२ गोलले हराउँदा २ गोल गर्नुका साथै एक असिस्ट दिए। उता रोनाल्डोको टोली पोर्टोसँग २-१ ले हार्दा क्रिस्टियानोले गोल गर्न सकेनन्।

“जब मैले एम्बाप्पेले ह्याट्रिक गरेको देखे, तब मैले अझ प्रेरणा पाए, त्यसैले म उनलाई धन्यवाद दिन्छु,” हलान्डले स्पेनमा दुई गोल गरेपछि भने।

के हालान्ड-एम्बाप्पे नयाँ मेस्सी-रोनाल्डो राइभलरी ? 

रोनाल्डो र मेस्सीले बिगतका १२ बलन डी ओर मध्ये ११ पटक जितेका छन् – जुन प्रत्यक वर्ष (२०२० बाहेक) विश्वकै उत्कृष्ट खेलाडीलाई दिइन्छ। रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् भने च्याम्पियन्स लिग प्रतियोगितामा पनि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्।

त्यस्तै, मेस्सी ला-लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् भने एकै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि हुन्। त्यस्तै, उनी फुटबल इतिहासमै (तथ्यांक संकलन गर्न सुरु भएदेखि) सबैभन्दा धेरै असिस्ट प्रदान गर्ने खेलाडी हुन्। यी दुई महान खेलाडीले अनगिन्ती व्यक्तिगत अवार्ड जितेका छन्।

एम्बाप्पेलाई केहि समय देखि विश्वकै सम्भावित सर्वश्रेष्ठ खेलाडीको रूपमा हेरिने गरिन्छ। २२ वर्षकै उमेरमा उनी पिएसजीको लागि तेस्रो सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् र फ्रान्सको साथमा विश्वकप विजेता हुन्।

तर हालान्डको उदय आश्चर्यजनक कार्यको रूपमा आएको छ। पछिल्लो सत्रसम्म पनि २० वर्षीय नर्वेबाहिर राम्रोसँग चिनिन सकेका थिएनन्। तर उनको च्याम्पियन्स लिगको प्रदर्शनले पूरा विश्वको ध्यानाकर्षण गरायो। उनले अहिलेसम्म १३ च्याम्पियन्स लिग खेल खेल्दै १८ गोल गरिसकेका छन्।

“यसको मतलब हामीले [रोनाल्डो र मेस्सी] भन्दा पछि केहि चीज पाएका छौं,” बीटी स्पोर्टका ग्यारी लाइनरकरले भने।

म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनान्डले सेभिल्लासँग हालान्डको प्रदर्शनपछि भनेका छन्: “गत रात एम्बाप्पेले मेस्सीलाई ओजेलमा पारे र आज राती हालान्डले रोनाल्डोलाई।”

“यो गार्डको परिवर्तन हो। यो अर्को प्रतिद्वन्द्वी हुन सक्छ जुन १० वर्षसम्म चल्नेछ। हामीले कति लामो समयदेखि सोध्दै थियौं ‘अब के हुन्छ?’ “

How the players compare since start of 2019-20
Ronaldo Messi Haaland Mbappe
Games 64 66 58 57
Goals 55 47 62 44
Assists 9 29 7 19

एम्बाप्पे र हालान्डले २०१८-१९ देखि च्याम्पियन्स लिगमा २८ गोल गरेका छन् भने मेस्सी र रोनाल्डोले सोहि अवधिमा मात्र १५ गोल गर्न सफल भएका छन्।

२१ औं जन्मदिन अघि च्याम्पियन्स लिग गोल

१९ – किलियन एम्बाप्पे

१८ – एर्लिंग हालान्ड

८ – लियोनल मेस्सी

० – क्रिस्टियानो रोनाल्डो

एम्बाप्पे (१९ गोल) र हालान्ड (१८) आफ्नो २१ औं जन्मदिन अघि शीर्ष च्याम्पियन्स लिग स्कोरर हुन्, तेस्रो स्थानको करीम बेन्जेमा (१२) भन्दा अगाडि। मेस्सीले ८ गोल गर्न सफल भएका थिए भने रोनाल्डोले त्यो समयसम्म गोल गर्न सकेका थिएनन्।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७१८:५४

मेस्सीभन्दा रोनाल्डो सधैँ माथि नै रहनेछन्, रोनाल्डोसँग कसैको तुलना नै गर्न मिल्दैन