दोस्रो पटक आमा बनिन् करीना कपूर, तैमूरले पाए आफ्ना भाइ !

बलिउड अभिनेत्री करीना कपूर खानले आफ्नो दोस्रो बच्चालाई जन्म दिएकी छिन्। करीनाले दोस्रो पटक पनि छोरोलाइ जन्म दिएकी हुन्। करीना कपूर मुम्बईको ब्रिज क्यान्डी अस्पतालमा भर्ना भएकी छिन्। उनको प्रसवको क्रममा पति सैफ पनि उनीसँगै थिए। यो खुशीको समाचार रणबीर कपूरकी बहिनी रिद्धिमा कपूर साहनीले सोशल मिडिया मार्फत दिएकी छिन्।

आमा करीना र पापा सैफ आफ्नो घरमा नयाँ पाहुना आएकोमा धेरै उत्साहित छन्। पहिलो सन्तान तैमुर सानै उमेरमा मिडियामा धेरै चर्चामा आएको कारण सिफर करीनाले आफ्ना दोस्रो सन्तानलाई पनि मिडियाबाट टाढा राख्न चाहेको बताइन्छ।

करीना आफ्नो गर्भावस्थाको समयमा पनि सामाजिक सन्जालमा निकै सक्रिय रहिन्। यस समयमा करीना लगातार आफ्ना फ्यानहरूसँग जोडिएर रहिन् र आफ्ना तस्बिरहरु साझा गरिरहिन्।

करीना कपूर खान दोस्रो पटक आमा बन्दा कान्छा नवाब तैमूरले कान्छो भाई पाए। २०१६, २० डिसेम्बरमा करीनाले आफ्नो पहिलो बच्चा तैमूरलाई जन्म दिएकी थिइन्। करीना कपूर र सैफ अली खानले सन् २०१२ मा विवाह गरेका थिए।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७११:५१

आर्यनको प्रश्न – ‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा हाम्ले अडिसन दिन पाउने कि नपाउने?’