आर्यनको प्रश्न – ‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा हाम्ले अडिसन दिन पाउने कि नपाउने?’

काठमाडौँ – दक्षिण भारतीय तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने भएको छ। लामो समय देखि उक्त चलचित्रको नेपाली रिमेक बन्ने चर्चा हुँदै आएपनि अहिले भने चलचित्र निर्माण पक्षले अडिसनको आह्वान गरेको छ।

‘युवा फिल्मस्’ले निर्माण गर्न लागेको यस चलचित्रका लागि अडिसनबाट नै मुख्य अभिनेता, अभिनेत्री र अन्य कलाकार छान्न लागिएको छ। ‘युवा फिल्मस्’का अनुसार चलचित्रको मूख्य भूमिकाका लागि २५ देखि ३० वर्षका पुरुष र २० देखि २५ वर्षका महिना-युवतीहरुले अडिसन दिन पाउनेछन्।

आर्यन सिग्देलको चाहना

तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने खबर आएसँगै गत वर्ष चलचित्रमा आर्यन सिग्देलले मूख्य भूमिका निभाउने चर्चा चलेको थियो। तर, त्यस सम्बन्धमा चलचित्र निर्माण पक्ष र सिग्देल आफैंले पनि केहि बोलेका थिएनन्।

तर, अहिले आएर सिग्देल आफैंले पनि चलचित्रमा काम गर्ने चाहना व्यक्त गरेका छन्। सिग्देलले सामाजिक संजाल फेसबुक मार्फत चलचित्रमा काम गर्ने इच्छा व्यक्त गरेका हुन्। सिग्देलले फेसबुकमा दारी कपालसहितको एक तस्विर राखेका छन्। तस्विर राख्दै आफूले अडिसन दिन पाउने/नपाउने भन्दै प्रश्न गरेका छन् ।

सामाजिक संजाल प्रयोगकर्ताको प्रतिक्रिया

अडिसन दिन पाउने कि नपाउने भन्दै सिग्देलले प्रश्न गरेपछि धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले ‘अर्जुन रेड्डी’को नेपाली रिमेकको मूख्य भूमिकामा सिग्देल जम्ने प्रतिक्रिया दिएका छन्।

तर, केहिले भने कुनै पनि चलचित्रको रिमेकमा काम गर्ने भन्दा पनि नयाँ कथावस्तुमा बनेको चलचित्रमा काम गर्न आर्यनलाई सुझाव दिएका छन्।

प्रकाशित : मङ्गलबार, फागुन ११, २०७७१५:३५

वैवाहिक वर्षगाँठको अवसरमा प्रियंका र आयुष्मानको माल्दिभ्समा रोमान्स ! [तस्विर]