वैवाहिक वर्षगाँठको अवसरमा प्रियंका र आयुष्मानको माल्दिभ्समा रोमान्स ! [तस्विर]

काठमाडौँ – अभिनेत्री प्रियंका कार्की आफनो जन्मदिन र वैवाहिक वर्षगाँठ मनाएकी छन्। आफ्नो जन्मदिनकै दिन गत वर्ष आयुष्मान देशराज जोशीसँग विवाह गरेकी प्रियंकाले माल्दिभ्समा जन्मदिन र वैवाहिक वर्षगाँठ मनाएकी हुन्।

प्रियंका केहि दिन देखि माल्दिभ्समा छिन्। जन्मदिन र वैवाहिक वर्षगाँठ मनाउन माल्दिभ्समा उनका पति आयुष्मान पनि सँगै छन्। जन्मदिन र वैवाहिक वर्षगाँठ मनाउँदै गरेका तस्विरहरु प्रियंकाले सामाजिक संजाल मार्फत सार्वजनिक पनि गरेकी छन्।

तस्विरहरु सार्वजनिक गर्दै प्रियंकाले विवाह भएको एक वर्ष भएको र हरेक दिन सुखद बितेको बताएकी छन्। साथै उनले एक-अर्कालाई साथ दिँदै बुढो हुन आतुर रहेको पनि सामाजिक संजालमा उल्लेख गरेकी छन्। त्यस अगाडी केहि तस्विर सार्वजनिक गर्दै प्रियंकाले आयुष्मान र जन्मदिनको शुभकामना दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी थिइन्।

तीन वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्ष विवाहमा परिणत गरेका थिए। कार्कीले चलचित्र ‘थ्री लर्भस’ बाट नेपाली चलचित्र जगतमा पाइला टेकेकी थिइन्।

अहिले प्रियंका नेपाली चलचित्र क्षेत्रकै सबै भन्दा व्यस्त र सफल नायिकाको रुपमा रहेकी छन्।

प्रकाशित : आइतबार, फागुन १६, २०७७१५:५८

यी हुन् भारतीय टेलिभिजनका सबैभन्दा हट अभिनेत्रीहरु !