यी हुन् भारतीय टेलिभिजनका सबैभन्दा हट अभिनेत्रीहरु !

एजेन्सी : बलिउड अभिनेत्रीहरुका लागि करौडौं मानिस आफ्नो ज्यान दिन तयार हुन्छन्। सामाजिक सञ्जालमा पनि उनीहरुका फ्यान फलोइङ करौडौं छन्। तर भारतीय टेलिभिजन क्षेत्रका अभिनेत्रीहरु पनि कम भने छैनन्। मौनी रोय, निया शर्मा, हिना खान, रश्मि देसाई सहित थुप्रै अभिनेत्रीहरु छन् जो निकै लोकप्रिय छन्। तिनका अदा र हट लुकले मानिसहरुका होश उडाउछ। हेर्नुहोस् टिभीका टप १० सबैभन्दा हट अभिनेत्रीहरु…

१. मौनी रोय

टिभीको हट अभिनेत्री मौनी रोय अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। पछिल्लो समय इन्स्टाग्राममा उनले धेरै तस्बिरहरु शेयर गर्न थालेकी छिन्। उनका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भईरहन्छन्। मौनीले देवो के देव – महादेव, नागिन जस्ता टिभी सिरियलमा काम गरेकी छिन्। साथै उनी बलिउड फिल्म ‘ब्रह्मास्त्र’ मा महत्वपूर्ण भूमिकामा देखिँदै छिन्। यो फिल्ममा रणबीर कपूर र आलिया भट्ट पनि छन्।

२. निया शर्मा

बम्बशेल निया शर्माको सुन्दरताको लाखौँ दिवाना छन्। उनी पनि इन्स्टाग्राम निकै सक्रिया रहन्छिन्। उनका हट तस्बिर प्राय: सामाजिक सञ्जालमा भाइरल भईरहन्छन्। ‘इश्क में मार्जवां’ अभिनेत्री नियाले ‘५० सेक्सिएस्ट एसियन वुमेन’ मा तेस्रो स्थान हासिल गरेकी थिईन्।

३. जेनिफर विङ्गेट

लोकप्रिय सिरियल ‘बेहद’ मा जेनिफर विङ्गेट अलग रुपमा देखिएकी थिईन्। उनको भूमिकालाई मानिसहरुले अत्यधिक मन पराएका थिए। सन् २०१३ मा जेनिफरले ‘वर्ल्ड्स सेक्सिएस्ट एसियन वुमेन’ को ताज आफ्नो पोल्टामा पारेकी थिईन्। उनको नाम १५ औँ स्थानमा आएको थियो।

४. रश्मि देसाई

रश्मि देसाईको नाम सबैभन्दा क्युट अभिनेत्रीमा आउँछ। उनले पनि थुप्रै बोल्ड फोटोशूट गरेकी छिन्, जुन मानिसहरुलाई असाध्यै मन पर्यो। टिभी सिरियलसँगै उनले हिन्दी, बङ्गाली र मणिपुरी फिल्ममा पनि काम गरेकी छिन्।

५. मुनमुन दत्ता

तारक मेहता का उल्टा चश्माकी बबिता जी उर्फ मुनमुन दत्ता प्राय: जसो बोल्ड लुकको कारण चर्चाको केन्द्रमा हुन्छिन्। नहुन् पनि किन यति सुन्दर जो छिन्। उनले ‘हम सब बराती’ बाट डेब्यु गरेकी थिईन्। साथै उनले फिल्म होलिडे र मुम्बई एक्सप्रेसमा पनि अहम् भूमिका निभाईसकेकी छिन्।

६. हिना खान

आफ्नो अदाले सबैलाई कायल गर्ने हिना खान अहिले सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहन्छिन्। निकै लोभलाग्दो अदाकी हिनाले सबैको होशहवास उडाउने खालको फोटो शेयर गरिरहन्छिन्।

७. गौहर खान

गौहर खानले आइटम नम्बरबाट बलिउडमा डेब्यु गरेकी थिईन्। त्यसपछि उनी बिग बोस ७ को विजेता भईन् र साथै झलक दिखला जा ३ को विजेता पनि भईन्।

८. करिश्मा तन्ना

करिश्मा तन्नालाई हामी कसरी भुल्न सक्छौँ र। फिल्म सञ्जुमा दिएको बोल्ड अवतारको कारण उनी चर्चामा आएकी थिईन्। उनले एकता कपूरको पपुलर शो ‘क्योंकि सास भी कभी बहु थी’ बाट अभिनय यात्राको सुरुवात गरेकी थिईन्। त्यसपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेन।

९. श्वेता तिवारी

श्वेता तिवारी, सिर्फ नाम नै काफी छ। हालै उनको केही तस्बिर भाईरल भएका छन्, जुन हेरेर तपाईलाई उमेर नम्बर मात्र हो भन्न बाध्य बनाउँछ। उनले हालसालै धेरै वेट लस गरेकी थिईन्। उनको ग्लामरस लुकले निकै चर्चा बटुलिरहेको छ।

१०. शमा सिकन्दर

शमा सिकन्दरले आफ्नो बोल्ड फोटोशूटले सबैलाई आश्चर्यचकित पारेकी थिईन्। उनको हट तस्बिर इन्टरनेटमा खुबै भाइरल हुने गर्छन्।

प्रकाशित : सोमबार, फागुन १७, २०७७१९:५७

यी बलिउड फिल्म हेरेर विभिन्न अपराध गर्न प्रभावित भएका थिए मानिस !