यी बलिउड फिल्म हेरेर विभिन्न अपराध गर्न प्रभावित भएका थिए मानिस !

धेरै बलिउड फिल्महरू र टिभी कार्यक्रमहरू माथि उक्त फिल्म वा कार्यक्रमबाट मानिसलाई अप-राध गर्न प्रभावित गरेको आरोप लाग्ने गर्छ। कतिपय समय यस्ता आरोप सहि साबित पनि हुन्छ। पुलिसले त्यस्ता थुप्रै केसहरू हल गरेको छ जसमा आरोपीहरू चलचित्र हेरेर अप-राध गर्न उत्प्रेरित भएका थिए।

दृश्यम 

यस वर्षको फेब्रुअरीमा, एक १३ वर्षीय केटाले दृश्यम हेरेपछि ज्यान लिने योजना बनाइरहेका थिए। पुणे पुलिसले ११ वर्षीय केटाको लास भेट्टायो। अनुसन्धानबाट पत्ता लाग्यो कि आरोपी केटाले यसरी उक्त व्यक्तिको ज्यान लिएको थियो जुन अजय देवगनको प्रसिद्ध थ्रिलर फिल्म दृश्यमसँग मिल्दोजुल्दो थियो।

बन्टी और बबली 

अभिषेक बच्चन र रानी मुखर्जीको फिल्म ‘बन्टी और बबली’ बाट प्रेरित भएर जगजीत नामका एक व्यक्ति र उनकी एक महिला साथी मिलेर एकसाथ ज्यान लिने, चोरी, डकैती जस्ता अप-राध गरे। पक्राउ परेपछि उनीहरुले बताएका थिए कि उनीहरु फिल्म हेरेर यस्ता काम गर्ने गर्थे।

धूम

बैंक चोरीमा आधारित फिल्म धूमले धेरै चोरहरुलाई अप-राध गर्न प्रेरित गर्‍यो। भारतको केरालामा चोरहरूको एउटा समूहले एउटा सुरुङ खनेर बैंक अफ केरालाबाट ८० किलो सुन र ६ लाख रूपैयाँ बराबरको चोरी गरेको थियो। पक्राउ पश्चात चोरहरुले आफूले धूम फिल्म हेरेर यस्तो गर्ने उपाय आएको स्वीकार गरेका थिए।

ओए लक्की ! लक्की ओए 

ओए लक्की ! लक्की ओए फिल्मबाट प्रभावित एक मानिस रातमा तीन देखि चार कार चोरी गर्थे। एक वर्ष भित्र उनको टोलीले १८० भन्दा बढी कार चोरी गरे। यद्यपि पुलिसले पछि उनलाई समात्यो।

डर 

२०१६ मा, शाहरुख खानको फिल्म डारबाट प्रभावित भएर एक अप-राधीले दीप्ति सरना नामकी केटीलाई अप-ह-रण गरे। प्रहरीका अनुसार अप-राधीले दीप्तीलाई पहिलो पटक मेट्रोमा देख्यो र उसलाई पछ्याउन थाल्यो, जसरी शाहरुखले फिल्ममा जूही चावलालाई पछ्याउँथे।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१८:४५

नेपाली युवकको उपचारमा सूदले सघाउने: भने – ‘नेपाल बिनालट्ठी दौडँदै जानुहुनेछ’