नेपाली युवकको उपचारमा सूदले सघाउने: भने – ‘नेपाल बिनालट्ठी दौडँदै जानुहुनेछ’

एजेन्सी – भारतीय अभिनेता सोनू सूद पछिल्लो समय सामाजिक सेवामा धेरै नै सक्रिय छन्। कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनका समयमा धेरैको उद्धार गरेका सूद यति बेला विभिन्न गम्भीर रोग लागेका मानिसहरुको उपचारमा सक्दो सहयोग गरिरहेका छन्। सूदका कारण धेरैले नयाँ जीवन पाएका छन्।

यसै बीच सूदले एक नेपालीलाई पनि सहयोग गर्ने भएका छन्। सूदले दिल्लीमा उपचाररत एक जना नेपाली युवकलाई उपचारमा सघाउने भएका हुन्।

किलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित मधु पौडेल नाम गरेका एक नेपाली युवकको उपचारमा सघाउने सूदले ट्वीटर मार्फत प्रतिवद्धता व्यक्त गरेका छन्।

पौडेलले सामाजिक संजाल मार्फत सहयोग मागेसँगै उनको उपचारमा सहयोग गर्न सूद अगाडी आएका हुन्। पौडेलले आफू १० वर्षदेखि एंकोलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित रहेको र अपरेसन गर्न पैसा नभएको भन्दै सहयोगको याचना गरेका थिए। एम्स अस्पतालमा उपचार गराइरहेका पौडेलको याचनालगतै सूदले ट्वीट गर्दै सूदले मधुको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

“अतिथि देवो भव: । भारतबाट तपाईँ आफ्नो देश नेपाल बिनालट्ठी दौडँदै जानुहुनेछ ।”,ट्वीट गर्दै सूदले भनेका छन्।

पौडेलले के भनेका थिए ?

पौडेलका अनुसार उनी वर्षदेखि एंकोलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित छन्। यो रोग लागेका कारण उनी बिना सहारा हिड्न सक्ने अवस्थामा छैनन्। भारतमा उपचार गराउँद आर्थिक अभाव भएपछि उनले सामाजिक संजाल मार्फत गुहार लगाएका थिए।

“हेल्लो सर, म नेपालबाट मधु पौडेल हुँ । १० वर्षदेखि म एंकोलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित छु । यसैका कारण मैले कक्षा १० मै पढाइ छाड्नुपऱ्यो । एम्स अस्पतालका डाक्टरहरुले मलाई अपरेसन गर्न सुझाव दिएका छन् तर मसँग त्यसका लागि पैसा छैन । कृपया मलाई सहयोग गरिदिनुहुन्छ कि ।”,पौडेलले लेखेका थिए।

१२ वर्ष देखि थलिएका अमनजीतका लागि भगवान सरह भए सोनू सूद !

प्रकाशित : बिहिबार, फागुन २०, २०७७१२:२०

अदिति देखि जन्नत जुबैरसम्म, अहिले यस्ता देखिन्छन् !