अदिति देखि जन्नत जुबैरसम्म, अहिले यस्ता देखिन्छन् !

एजेन्सी : हालका थुप्रै कलाकारहरु यस्ता छन् जसले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरे र एक लोकप्रिय अनुहार बने। ठुलो भएपछि पनि ती कलाकारहरुले खुब नाम कमाए र इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाए। केही कलाकारहरु यस्ता पनि छन् जसले बाल्यकाल देखि हालसम्म राम्रो छवि कायम राखेका छन्, तैपनि केही यस्ता पनि छन् जसले फेरी शून्यबाट सुरुवात गरे। हामी ती टेलिभिजन क्षेत्रका कलाकारहरुका बारेमा कुरा गर्दै छौँ जसले सानो उमेरमै खुब नाम कमाए। यस सूचीमा अदिति भाटिया, अहसास चन्ना, अशनूर कौर, अविका गोर, अवनीत कौर, जन्नत जुबैर, किन्शुक वैद्य, रजत टोकस जस्ता कलाकार सामेल छन्।

अदिति भाटिया

अदिति भाटियाले एक बालकलाकारको रुपमा अभिनय यात्राको सुरुवात गरेकी थिईन्। फिल्म शूटआउट एट लोखण्डवाला, द ट्रेन र चान्स पे डान्समा उत्कृष्ट भूमिका निर्वाह गरेकी थिईन्। अदिति कमेडी सिरियल होम स्वीट होममा पनि देखिएकी थिईन्। अदितिले सन् २०१६ देखि २०१९ सम्म ‘ये है मोहब्बतें’ मा रूही भल्लाको भूमिका निभाएकी थिईन्, जसबाट उनले निकै लोकप्रियता हासिल गरेकी थिईन्।

अहसास चन्ना

बाल कलाकारको रुपमा अहसास चन्नाले प्राय: एक फुच्चे केटाको भूमिका निभाएकी थिईन् । अहसास हिट फिल्महरु जस्तै वास्तुशास्त्र, कभी अलविदा ना कहना, माई फ्रेन्ड गणेश आदिमा पनि देखिएकी थिईन्। जवान भएसँगै अहसास एक लोकप्रिय अनुहार बनिन्। उनले गर्ल्स होस्टेल, कोटा फ्याक्ट्री, होस्टेल डेज, द इन्टर्न्स र अन्य वेब सिरिजमा आफ्नो अभिनय कौशलता प्रस्तुत गरेकी छिन्।

अशनूर कौर

अशनूर कौरले झांसी की रानी, ​​साथ निभाना साथिया, ना बोले तुम ना मैंने कुछ कहा, देवों के देव … महादेव सहित अन्य थुप्रै फिल्महरुमा हिट रोल निभाएकी थिईन्। तपाईलाई थाहै होला अशनुर कौरले ‘ये रिश्ता क्या कहलाता है’ मा नायराको रुपमा एक वर्षसम्म अभिनय गरेकी थिईन्। त्यसपछि उनले कोही कोई लौट के आया है, पटियाला बेब्स र परी हूं मैं मा महत्वपूर्ण भूमिका निभाएकी थिईन्।

अविका गौर

अविका गौर चर्चित अभिनेत्रीमध्ये एक हुन्। उनले सिरियल बालिका बधुमा आनन्दीको रुपमा निकै लोकप्रियता हासिल गरेकी थिईन्। त्यसपछि उनले ससुराल सिमर कामा अभिनय गरिन्, जसमा उनले एक विवाहित महिलाको भूमिका निभाएकी थिईन्। अविका गौर दक्षिण भारतीय क्षेत्रको एक लोकप्रिय अनुहार हुन्।  उनले उय्याला जम्पला(२०१३), सिनेमा चोइपिस्टा मावा(२०१५) र राजू गारी गाधी ३(२०१९) जस्ता फिल्ममा अभिनय गरेकी छिन्।

अवनीत कौर

अवनीत कौरले आफ्नो टेलिभिजन करियरको सुरुवात रियालिटी शो डान्स इन्डिया डान्स लिल मास्टर्स, डान्स के सुपरस्टार र झलक दिखला जा ५ मा एक प्रतियोगीको रुपमा गरेकी थिईन्। उनी रानी मुखर्जीको अनस्क्रिन भदैनीको रुममा फिल्म मर्दानीमा पनि देखिएकी थिईन्। जसपछि उनी अन्य थुप्रै शोहरुमा पनि देखा परिन्।

जन्नत जुबैर

जन्नत जुबैरलाई सन् २०११ मा फुलवाको रुपमा निकै मन पराईएको थियो। त्यसपछि उनी निकै लोकप्रिय पनि भईन्। जसपछि उनी दिल मिल गए, काशी-अब ना रहे तेरा कागज कोरा, माटी की बन्नो जस्ता शोका हिस्सा बनिन्। जन्नतले आपके आ जाने से, तू आशिकी र अन्य शोमा पनि अभिनय गरेकी छिन्। यसबाहेक जन्नत एक लोकप्रिय स्टार हुन् र उनी इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन्।

किन्शुक वैद्य

किन्शुक वैद्य त्यहीँ अभिनेता हुन् जसले बाल्यकालमा शाका लाका बूम बूममा सञ्जुको भूमिका निभाएका थिए। उक्त शोमा उनी एक जादुमयी पेन्सिल हुने बालकको भूमिकामा थिए। यस शोबाट उनले नाम कमाए र एक चर्चित अनुहार बने। जवान भएपछि उनले केही शो जस्तै जात ना पूछो प्रेम की, कर्ण संगिनी आदिमा अभिनय गरे।

रजत टोकस

रजत टोकसले धरती का वीर योद्धा पृथ्वीराज चौहान, जोधा अकबर र चन्द्र नन्दिनी जस्ता शोमा ऐतिहासिक भूमिका निभाएका छन्। यो भन्दा अघि उनी सन् १९९५ देखि सन् २००५ सम्म बालकलाकारको रुपमा देखिएका थिए। रजत अन्तिम पटक नागिन ३ मा विक्रान्तको भूमिकामा देखिएका थिए।

प्रकाशित : शनिबार, फागुन २२, २०७७१८:०८

‘भारत’ देखि ‘बर्फी’ सम्म, साउथ कोरियन फिल्मको कपी हुन् यी ८ बलिउड फिल्म