अघिल्लो सिजनको जस्तै हालतमा बार्सिलोना, यो साता अर्को परिक्षा !

एजेन्सी – गत सिजन उपाधि विहिन रहेको बार्सिलोनाका लागि यो सिजन पनि मिश्रित खालको रहेको छ । टोलीका लागि पछिल्लो दुई खेल निराशाजना रह्यो । पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलमा घरेलु मैदानमा बार्सिलोना ४–१ ले निराश भएको थियो ।

त्यसलाई बिर्सेर टोली ला लिगामा विजय यात्रालाई अघि बढाउन लक्ष्यमा थियो । शनिबार शीर्ष स्थानको एट्लेटिको म्याड्रिड पराजित भएपछि अंक अन्तरलाई घटाउने बार्सिलोनालाई अवसर पनि आएको थियो । आइतबार बार्सिलोनाले काडिजविरुद्ध खेलमा राम्रै सुरुवात गरेको पनि थियो ।

सुपर स्टार लिओनल मेस्सीको पेनाल्टी गोलबाट बार्सिलोनाले पहिलो हाफमा अग्रता लिएको थियो । तर, खेल सकिदा बार्सिलोनाले काडिजसँग १–१ को बराबरीमा चित्त बुझाउनुपर्यो । त्यो खेल जित्न सकेको भए बार्सिलोना उपाधि दौडमा फर्कने उपेक्षा गरिएको थियो ।

बराबरीपछि शीर्षस्थानको एट्लेटिको भन्दा बार्सिलोना ८ अंकले पछाडि छ । च्याम्पियन्स लिगमा बार्सिलोना अघि बढ्ने सम्भावना निकै कमजोर भइसकेको छ । बार्सिलोनाका लागि यो सिजन पनि अघिल्लो सिजनको निरन्तरता हुन सक्ने खतरा बढ्दो छ ।

क्लेमेन्ट लेङलेटको गल्तिमा काडिजले खेलको अन्त्यतिर पेनाल्टी पाएको थियो । त्यसलाई काडिजले खेर जान दिएन र बार्सिलोनासँग अंक खोस्न सफल रह्यो । ‘उपाधिका लागि निकै लामो यात्रा तय गर्न पर्नु हुन्छ, अंक अन्तर बढ्दै गएको छ,’ बार्सिलोनाका रक्षक जेरार्ड पिकेले भने,‘ बुधबार इल्चेविरुद्ध हाम्रो अर्को परिक्षा छ । यदि हामीले राम्रो सुरुवात गर्यौं भने सुखद नतिजा निकाल्न सक्छौं ।

रोनाल्ड कोम्यानका खेलाडीलाई आरामको मौका खासै हुने छैन । आइतबारको निराशाजनक नतिजापछि टोलीले बुधबार इल्चेको सामना गर्नुपर्नेछ । डट प्रशिक्षक कोम्यानका लागि पनि त्यो खेल महत्व्पूर्ण हुनेछ । यो वर्षको सुरुवातबाट बार्सिलोनाले राम्रो प्रदर्शन गर्दै आएको थियो । तर पिएसजीसँगको हार र काडिजसँगको बराबरीले फेरि कोम्यानमाथि दबाब बढाएको छ ।

प्रकाशित : सोमबार, फागुन १०, २०७७१५:३४

“मलाई बुढो भनेर बार्सिलोनाबाट निकालियो, तर म अलिकति भए पनि सम्मानको हकदार थिएँ”