“मलाई बुढो भनेर बार्सिलोनाबाट निकालियो, तर म अलिकति भए पनि सम्मानको हकदार थिएँ”

एजेन्सी – बार्सिलोनाबाट एट्लेटिको म्याड्रिड पुगेका लुइस स्वारेजले बार्सिलोनाका केहि अधिकारीहरुले आफूलाई बुढो भनेको खुलासा गरेका छन्। यहि सिजन बार्सिलोनाबाट एट्लेटिको पुगेका स्वारेजले एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा बार्सिलोनामा आफूलाई बुढो भनिएको बताएका हुन्।

स्वारेजका अनुसार बार्सिलोनाका केहि अधिकारीहरुले उनलाई बुढो भएको मात्र नभई बार्सिलोनालाई आवश्यक रहेको स्तरको प्रदर्शन गर्न नसक्ने पनि बताएका थिए।

“उनीहरुले मलाई बुढो भएको र म अब उच्च तहमा खेल्न नसकने बताए। एक उत्कृष्ट टिममा रहेर खेल्न सक्ने अवस्थामा नरहेको उनीहरुले बताएका थिए। यो कुराले म धेरै नै विक्षिप्त भएको थिएँ।,”फ्रान्स फुटबलसँग कुराकानी गर्नेक्रममा उनले भने,”मलाई त्यो एकदमै मन परेको थिएन।”

केहि वर्ष लगातार उच्च तहको प्रदर्शन गरेपनि आफूले सम्मान नपाएको प्रति उनको दुखेसो छ। लगातार ६ सिजन एक स्तरको खेल प्रदर्शन गर्न सफल भएको आफू जस्तो खेलाडीलाई बार्सिलोनाले सम्मान गर्न नसकेको उनले बताए।

“यदि मैले तीन वा चार सिजन बार्सा जस्तो क्लबमा केही नगरेको भए म बुझ्ने थिएँ। तर, हरेक वर्ष मैले २० गोल भन्दा बढी गरेको छु।”,उनले भने,”लियो पछि बढी गोल गर्ने म नै थिएँ।”

बार्सिलोनाले ल्याएका सबै खेलाडीले भने जस्तो खेल प्रदर्शन गर्न नसकेपनि आफूले लगातार ६ सिजन एक प्रकारको प्रदर्शन गरेको उनले बताए। क्लबले राखेको अपेक्षा अनुरुप आफूले लगातार प्रदर्शन गरेको उनको भनाई छ।

“आज हामी देख्न सक्छौं कि बार्कामा खेल्न सजिलो छैन। त्यहाँ ल्याइएका धेरै खेलाडीहरूले अपेक्षा गरिएको स्तरमा खेल्न सकेका छैनन्। तर मैले छ बर्ष बार्सामा निश्चित स्तर कायम गर्दै र आशा गरेको अनुसार खेलेको थिएँ।”,उनले भने,”परिवर्तित सय अनुसार क्लबमा परिवर्तनको आवश्यकता पर्ने कुरा म बुझ्छु। तर जसरी मेरो बहिर्गमन भयो, त्यसलाई लिएर म उदास छु। मलाई लाग्छ म केही सम्मानको योग्य थिएँ।”

प्रकाशित : मङ्गलबार, फागुन ११, २०७७१२:०४

बेलको बारे बोले मोउरिन्हो !