बेलको बारे बोले मोउरिन्हो !

एजेन्सी – टोटेनहमका प्रशिक्षक जासे मोउरिन्होले ग्यारेथ बेललाई प्रिमियर लिगमा आइतबार वेष्ट ह्यामविरुद्धको खेलमा दोस्रो हाफमा मैदान पठाए । त्यो निर्णयले काम पनि गर्यो । बेलको सहयोगमा लुकास मौरोले गोल पनि गरे । तर टोली २–१ ले पराजित भएको थियो ।

खेलपछि वेल्सका खेलाडीले किन सबै खेलमा सुरुवात गर्न नसक्ने प्रष्ट पारे । गएको साता युरोपा लिगमा बेलले उच्च प्रभावशाली प्रदर्शन गरेका थिए ।

‘उनको क्षमता मलाई थाहा छ । प्रशिक्षकका रुपमा मलाई उनीप्रति विश्वास पनि छ । तर अहिलेको अवस्थाका बारेमा भन्ने ठाँउ छैन,’ उनले भने,’उनी पूरा ९० मिनेट खेल्नका लागि फिट भएपनि पक्कै उनले सुरुवात गर्नेछन् ।’

माउरिन्होको अर्थ बेल पूर्ण रुपमा फिट नभएकै कारण उनलाई पूरा समय खेलाइएको छैन । उनलाई पूर्ण रुपमा फिट बनाउनका लागि प्रयास भइरहेको पनि माउरिन्होले बताए ।

‘उदाहारणका लागि बिहीबारको खेलमा उनले ६० वा ६५ मिनेट खेले । त्यसले उनले आइतबारको खेलमा सुरुवात गर्न सकेनन् ।

‘अहिलेको अवस्थामा उनले पूरा ९० मिनेट हामीलाई दिने अवस्था छैन,’ उनले थपे,‘ तर उनले टोलीमा जुन प्रभाव पारेका छन् त्यसमा म खुसी छु । उनले आफ्नो स्तर अनुसारको प्रदर्शन गरे । यद्दपी उनी केहि मौकामा दुर्भाग्यशाली रहे । ’

प्रकाशित : मङ्गलबार, फागुन ११, २०७७१४:०४

“बार्सिलोना एमबाप्पे वा हालाण्ड अनुबन्धन गर्न सक्षम”