“ओलीले तत्काल राजिनामा दिनुपर्छ”

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपिस शर्मा ओलीलाई राजिनामा दिन सुझाव दिएका छन्। सर्वोच्च अदालतले संसद विघटनको बदर गर्ने निर्णयको स्वागत गर्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्।

सर्वोच्चले संसद विघटन बदरको निर्णय गरेसँगै एक विज्ञप्ति जारी गर्दै ओलीलाई पदबाट तुरुन्त राजीनामा दिन र पार्टीको सचिवालय बैठक राख्न अनुरोध गरेका छन्।

यस्तो छ विप्लवको विज्ञप्ती 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७ साल फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको छ।

यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ।

आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।

यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु : 

१. सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।

२. प्रधानमन्त्री  केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट  ढिला नगरी तुरुन्त राजीनामा दिनु पर्छ।

३. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।

प्रकाशित : बुधबार, फागुन १२, २०७७१०:५३

यस्तो पनि भयो: निफ्राको शेयर मूल्य शून्यमा झर्यो !