यस्तो पनि भयो: निफ्राको शेयर मूल्य शून्यमा झर्यो !

काठमाडौँ – बुधबार धितोपत्र बजार नेप्सेको सिस्टममा समस्या देखिएको छ। संसद पुनःस्थापना पछि बुधबार खुलेको नेप्सेमा प्राविधिक समस्या देखिएको हो।

बुधबार बिहान ११ बजेर १८ मिनेटसम्म राम्रोसँग चलिरहेको नेप्सेको सिस्टममा समस्या आउँदा टीएमएस र नेप्सेको वेबसाइटमा देखिने तथ्यांकमा समेत समस्या देखिएको छ।

उक्त समस्याका कारण नेप्सेको टीएमएस र वेबसाइट दुवैमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १०० प्रतिशतले घटेको देखाइएको थियो। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य शुन्यमा झरेको थियो।

११ बजेर १८ मिनेटसम्म हरियो रहेको नेप्से इन्डेक्स पनि ८६.३८ अंकले घटेको देखिएको थियो। उक्त समस्यासँगै नेप्सेको वेबसाइटमा देखाइने तथ्याङ्कको विश्वसनीयता माथि प्रश्न उठेको छ।

संसद पुनःस्थापना भएसँगै शयेर बजारमा उत्साह देखिने अनुमान गरिएपनि बुधबार देखिएको समस्याले विभिन्न प्रश्न खडा गरेको लगानीकर्ताहरुले बताएका छन्। नेप्सेको वेवसाइटमै समस्या देखाएर बजार घटाउन खोजिएको लगानीकर्ताहरुको आरोप छ।

केहि मिनेटको फरकमा शेयर मूल्यमा कारोबार देखिनुले चलखेल भएका हुनसक्ने अनुमान गरिएको छ। कुनै पनि कम्पनीको शेयर मूल्य एकैदिन १० प्रतिशत भन्दा धेरैले घट्न वा बढ्न नमिल्ने भएपनि सिस्टममा १०० प्रतिशतले घटेको देखिनुलाई सामान्य रुपमा लिन नसकिने लगानीकर्ताहरु बताउँछन्।

प्रकाशित : बुधबार, फागुन १२, २०७७१२:०९

“बल्ल खेल शुरु भयो, रोनाल्डो, पेले र मेस्सी हामीसँगै छन्”