“नेपालको विकास देखेर विश्व चकित परेको छ”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास देखेर विश्व चकित परेको दावी गरेका छन्।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालको विकास देखेर विश्व चकित परेको दावी गरेका हुन्।

नार्कले तयार पारेको नेपालको माटोको डिजिटल नक्सा सावजनिक गर्न आयोजित कार्यक्रमलाई बोल्दै ओलीले आफ्नो सरकारले गरेको विकासको काम देखेर विश्व चकित परेको बताए। आफूहरुले राम्रो काम गरेको देखेर केहि मानिसहरु अत्तालिएको उनको भनाई छ।

नेपालले गरिरहेको प्रगतिलाई विश्व बैंकले धेरै राम्रो मानेको उनले सुनाए। अहिले देशमा विकास निर्माणका कार्य धमाधम भएको र देशले दोहोरो अंकको आर्थिक वृद्धिदर हाँसिल गर्ने ओलीले बताए।

“मैले होइन, विश्व बैंकले भनेको हो, यो उसको दाबी हो हामीले गरेको विकास विश्वकै लागि राइजिङ स्टार भएको छ।”,ओलीले भने,”अर्को वर्ष मुलुकले दोहोरो अंकको आर्थिक वृद्धिदर हाँसिल गर्छ।”

आफूले सुरुङ र रेलका कुरा गर्दा मानिसहरु हाँसेपनि अहिले ती कामहरु भइरहेको ओलीले बताए। देशका विभिन्न स्थानमा टनेल बनिरहेको र केहि नदीमा स्टिमर चलिरहेको ओलीको भनाई छ। निकट भविष्यमै नेपाली झण्डा फहराउने पानी जहाज कोसीमा चल्ने दावी ओलीले गरे।

उनले भने,”मैले टनेल र पानी जाहज र रेलको कुरा गर्दा मानिसहरु हाँसेका थिए, अहिले टनेल बन्दैछ, युवाहरु उत्साहित भएर स्टिमर भएपनि चलाउन थालेका छन् । एकदिन नेपाली झण्डा फहराउने पानी जहाजमा पनि कोसीमा कुद्छ।”

“सर्वोच्च अदालतको सामान्य फैसलामा मेरा भाइहरुले लड्डु ख्वाइ ख्वाइ गरे”

प्रकाशित : बुधबार, फागुन १२, २०७७१९:०९

नयाँ समिकरणमा जुट्यो प्रचण्ड-नेपाल समूह, सांसदहरुलाई यस्तो ह्विप !