रोनाल्डोको ड्रिम टिममा परेनन् क्रिस्टियानो, को-को परे ?

रोनाल्डो नाजारियोले आफ्नो ड्रिम ११ टोली सार्वजनिक गरेका छन्। ब्राजिलका सुपरस्टारले आफ्नो खेलजीवनमा शीर्ष स्तरमा खेलेका थिए र अहिलेसम्मका सर्वश्रेष्ठ खेलाडीहरुसँग खेल्ने मौका पाएका छन्। पहिले र वर्तमान समयका ग्रेट समावेश गर्दै रोनाल्डोले एफएटिभीसँगको एक कुराकानीमा आआफ्नो ड्रिम टिम बताएका छन्।

क्लब स्तरमा दुई पटकका ब्यालोन डी ओर विजेताले ३५२ गोल गरेका छन्। साथै ब्राजिलको लागि ९८ खेलमा ६२ गोल गरेका छन्। तर रोनाल्डोको ड्रिम टिममा को-को परेका छन् त ? यो सम्भवतः फुटबल इतिहासकै उत्कृष्ट ११ पनि हुनसक्छ।

युभेन्टस तथा इटालियन दिग्गज जियानलुइजी बुफोन रोनाल्डोले गोलकिपरको रूपमा छानेका छन् भने डिफेन्डरहरुमा काफु, रोबर्टो कार्लोस, पाओलो माल्दिनी र फाबियो कानाभारो पर्न सफल भएका छन्।

उनको मिडफील्डमा जिनेदिन जिदान र आन्द्रे पिर्लो छन्। यसका साथै विभिन्न पुस्ताका दुई जादुई अर्जेन्टिनी – डिएगो म्याराडोना र लियोनल मेस्सी रहेका छन्। यस्तै फरवार्ड लाइनमा उनके आफ्नो साथमा ब्राजिलियन दिग्गज पेलेलाई रोजेका छन्।

प्रकाशित : बिहिबार, फागुन १३, २०७७१८:३७

रोनाल्डो फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्: इब्राहिमोभिक