म्यानचेस्टर युनाइटेडका डिफेन्डर एरिक बेलीले मेस्सी र रोनाल्डो बीच को उत्कृष्ट भन्ने प्रश्नमा आश्चर्यजनक उत्तर दिएका छन्। म्यानचेस्टर डिफेन्डरले गिलेम बालागले आफूले रोनाल्डो र मेस्सीमा कसलाई रुचाउँछन् भनेर सोध्दा विचित्र जवाफ दिए।
एक्सप्रेस मार्फत स्पेनिश पत्रकारको यूट्यूब च्यानलसँग कुरा गर्दै उनले अनौठो जवाफ दिए: “सर्जियो रामोस।” हो, रियल म्याड्रिड डिफेंडर जसले फुटबलमा प्राय: सबै उपाधि जितिसकेका छन्। फुटबलमा दशक पुरानो प्रश्नमा थिचिएपछि बेलीले स्पेनिश दिग्गजतर्फ आफ्नो ध्यान केन्द्रित गरे।
बेलीले रामोसलाई आफ्नो करियरको सबैभन्दा ठूलो प्ररणा मान्ने पनि बताएका छन्। “मेरो सबैभन्दा ठूलो प्रेरणा सधैं (सर्जियो) रामोस हुन्,” उनले भने, “मैले रामोसबाट लामो समयदेखि प्ररित छु, उनले फुटबलमा के गरेका छन् र कसरी सधैं उच्च स्तरमा रहन्छन्, त्यसको लागि।”
बेलीले भने, “यदि तपाईं मलाई मेस्सी कि रोनाल्डो भने सोध्नुहुन्छ भने म रामोस भन्छु।”
“मेरो लागि, उनी फुटबलको इतिहासमा सर्वोत्कृष्ट खेलाडी मध्ये एक हुन्। सबैको विभिन्न मत हुन्छ तर उनी मेरो लागि सर्वोत्कृष्ट हुन्।” आइभेरी कोस्टका लागि खेल्दै आएको बेली २०१६ मा म्यानचेस्टर युनाइटेडसँग अनुबन्धित भएका थिए।