लगातार १९ खेल जितेपछि पेपले भने- खेलाडी किन्न जति पनि पैसा छँदै छ, के टेन्सन छ र?

बुधबार राति च्याम्पियन्स लिगमा बोरुसिया मोन्चेन्ग्लाद्ब विरुद्ध जीत निकालेसँगै म्यानचेस्टर सिटीले सबै प्रतियोगितामा लगातार १९ खेलमा जीत निकाल्न सफल भएको छ। सिटीको सफलतामा सबैभन्दा ठूलो कारण पैसा भएको क्लबका प्रशिक्षक पेप ग्वार्डीओलाले ठट्टा गरेका छन्।

लगातार १९ खेल जितेको सिटी पिमियर लिगको शीर्ष स्थानमा छ भने च्याम्पियन्स लिगको पहिलो चरणमा पनि जीत निकाल्न सफल भएको छ। जर्मन क्लब विरुद्ध २-० को जीत निकालेपछि पत्रकार सम्मेलनमा सिटीको लगातार १९ खेलमा विजय हासिल गरेको बारेमा सोध्दा ग्वार्डीओलाले भने, “हामीसँग जति पनि पैसा छ उत्कृष्ट खेलाडी किन्नको लागि।”

उनले थपे: “यो सत्य हो। राम्रा खेलाडीहरू बिना हामी यो गर्न सक्दैनौं। यो समूहको मानवता, खेलाडीहरू उत्कृष्ट छन् र उनीहरू बीच अविश्वसनीय सम्बन्ध छ। उनीहरू प्रत्येक खेल जसरी पनि जित्नै पर्छ भनेर खेल्छन्।”

गत २० वर्षको अन्तरालमा सिटीले क्लबलाई घरेलु र युरोपेली दुबै स्तरमा मजबूत बनाउनको लागि करिब २ बिलियन पाउण्ड खर्च गरेको छ। २०१६ मा ग्वार्डीओलाले प्रशिक्षकको पदभार ग्रहण गरेदेखि क्लबले ५०० मिलियन भन्दा बढी खर्च गरिसक्यो। त्यसक्रममा इल्काई गुन्डोगन, गेब्रियल जेसुस, लेरोय साने, बर्नाडो सिल्भा र रियाद महरेज जस्ता खेलाडीहरू क्लबमा भित्रिए।

तर स्पेनियार्डको आगमनपछि क्लबको सबैभन्दा ठूलो फेरबदल डिफेन्समा आएको छ। सिटीले हालैका वर्षहरूमा काइल वाल्कर, आइमरिक ल्यापोर्टे, जोन स्टोन्स, रुबेन डियाज, जोआवो क्यान्सेलो, नेथन अके र बेंजामिन मेन्डी ल्याएको छ।

प्रकाशित : बिहिबार, फागुन १३, २०७७१८:३४

रोनाल्डोको ड्रिम टिममा परेनन् क्रिस्टियानो, को-को परे ?