लगातार घट्दै सुनको मूल्य, आज यस हप्ताकै सस्तो !

काठमाडौँ – पछिल्लो समय गत महिनाहरुभन्दा सस्तो भएको सुनको मूल्य शुक्रबार पनि घटेको छ। शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा रु ५ सयले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुन ८८ हजार ८ सय रुपैंयामा कारोबार भइरहेको छ भने तेजाबी सुन रु ८८ हजार ३ सय ५० मा कारोबार भइरहेको छ।

शुक्रबार कायम भएको सुनको मूल्य यस हप्ताकै कम हो। यस हप्ता सुन बढीमा ९० हजार १ सय देखि ८८ हजार ८ सय सम्म कारोबार भयो। सुनको मूल्य ११ गते अथवा मंगलबार ९० हजार १ सयमा कारोबार भएको थियो। जुन मूल्य यस हप्ताकै बढी हो।

सुनको मूल्य गत हप्ताको शुक्रबार साढे आठ महिनाकै सस्तो भएको थियो। त्यस दिन छापावाला सुन रु ८८ हजार २ सयमा कारोबार भएको थियो भने तेजाबी सुन रु ८७ हजार ७५० मा कारोवार भएको थियो। उक्त सुनको मूल्य जेठ २७ यताकै कम रहेको थियो।

कुन दिन कतिमा बिक्यो सुन ?

आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ८९ हजारमा र तेजाबी सुन ८८ हजार ५ सय ५० मा कारोबार भयो। मंगलबार छापावाला सुन ९० हजार १ सयमा कारोबार हुँदा तेजाबी सुन ८९ हजार ६ सय ५०मा कारोबार भयो।

बुधबार छापावाला सुनको ८९ हजार ८ सय र तेजाबी सुन ८९ हजार ३ सय ५० थियो। त्यस्तै बिहिबार छापावाला सुन ८९ हजार ३ सय र तेजाबी सुन ८८ हजार ८ सय ५० मा कारोबार भयो।

चाँदीको मूल्य

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। तोलामा रु २० ले घटेसँगै चाँदीको मूल्य १ हजार ३ सय ३५ कायम भएको छ। यस हप्ता चाँदी बढीमा १ हजार ३ सय ६० देखि सस्तोमा १ हजार ३ सय ३० सम्ममा कारोबार भयो।

प्रकाशित : शुक्रबार, फागुन १४, २०७७११:१९

६६ करोड बराबर आइपिओ आउँदै ! कहिले ? हेर्नुहोस् !