६६ करोड बराबर आइपिओ आउँदै ! कहिले ? हेर्नुहोस् !

काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।

५०० ले घट्यो पहेंलो धातुको मोल

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो ।

यसै गरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।

प्रकाशित : शुक्रबार, फागुन १४, २०७७१३:५७

हप्ताको पहिलो दिननै घट्यो सुनको मूल्य !