भविष्य हालाण्ड-एम्बाप्पेको होला, तर वर्तमान मेस्सी-रोनाल्डोकै हो !

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमण्डका स्टार खेलाडी अर्लिङ ब्राउट हालाण्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एम्बाप्पे लगातार चर्चामा छन्।

पछिल्लो समय यी दुई खेलाडीलाई बार्सिलोना स्टार लियोनेल मेस्सी र युभेन्टस स्टार क्रिस्टियानोसँग तुलना समेत गर्न थालिएको छ। धेरैले यी दुईलाई फुटबलको भविष्यको रुपमा चित्रण पनि गर्ने गरेका छन्।

हालाण्ड र एम्बाप्पे बीच मेस्सी र रोनाल्डो बीच भएजस्तै प्रतिष्पर्धा हुने धेरैको अनुमान छ। यी दुई खेलाडीको भविष्य के-कस्तो हुन्छ र कुन हद सम्मको सफलता हाँसिल गर्छन् भन्ने कुरा समयले नै बताउने छ।

भविष्यमा हालाण्ड-एम्बाप्पे अथवा अन्य जो-कोहि खेलाडीले विश्व फुटबलमा राज गर्ने भएपनि अहिलेको लागि भने मेस्सी र रोनाल्डोको दबदबा कायमै छ।

सोमबार इटालियन सिरि ‘ए’ अन्तर्गतको खेलमा क्रोटोन विरुद्ध दुई गोल गर्दै रोनाल्डो जारी सिजनको सर्वाधिक गोलकर्ता बनेका छन्। सोमबारको २ गोलसँगै उनको जारी सिजनमा १८ गोल पुगेका छन्। उनले मिलानका रोमेलु लुकाकुलाई पछि पारेका छन् ।

त्यस्तै मेस्सी पनि अहिले लालिगाको सर्वाधिक गोलकर्ता बनेका छन्। बुधबार राति भएको खेलमा एल्चे विरुद्ध दुई गोल गरेसँगै मेस्सी लालिगाको सर्वाधिक गोलकर्ता बनेका हुन्। यसरी ढल्किँदो उमेरका बाबजुत पनि मेस्सी र रोनाल्डो उत्कृष्ट प्रदर्शन गरिरहेको कुरालाई नकार्न सकिँदिन।

प्रकाशित : शुक्रबार, फागुन १४, २०७७१६:२७

२०१४ को विश्वकपमा यति उत्कृष्ट थियो मेस्सीको प्रदर्शन [भिडियो सहित]