“आत्मघाती गोल गरेर केपी ओली हारे”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपालकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको हार भइसकेको दावी गरेकी छन्। शुक्रबार बागलुङमा आयोजित नेकपाको भेलालाई सम्बोधन गर्नेक्रममा झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको हार भइसकेको दावी गरेकी हुन्।

प्रधानमन्त्री केपी ओली आफ्नै कारणले गर्दा हारेको उनको भनाई छ। ओली आफैंले आत्मघाती गोल गरेर हारिसकेको उनले बताइन्। खेलमा केहि नियम र समय हुने भन्दै झाँक्रीले अब अर्को गोल गर्ने मौका ओलीले नपाउने टिप्पणी पनि गरिन्।

उनले भनिन्,”खेलको नियम हुन्छ, समय हुन्छ। आफैंले आत्मघाती गोल गरेर केपी ओली पराजित भइसके। थप गोल गर्ने समय सकियो। अब अरु मौका पाउँदैनन्।”

साथै झाँक्रीले अब विभाजन चाहने पात्रहरु नभएको छुट्टै कम्युनिष्ट पार्टी निर्माण हुने पनि बताएकी छन्। विभाजनमा सामेल खलपात्र बाहेकको कम्युनिस्ट पार्टी निर्माण हुने उनको भनाई छ।

उनका अनुसार अब बन्ने पार्टीमा केपी ओली, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीहरु जस्ता विभाजनमा सामेल खलपात्र रहनेछैनन्।

त्यस्तै झाँक्रीले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई आग्रह पनि गरेकी छन्। पार्टी वैधानिकता विवाद टुंग्याउँदा केपी ओलीको चिन्ता नगर्न निर्वाचन आयोगलाई उनको सुझाव छ।

“केपी ओलीको चिन्ता नगरी बहुमत केन्द्रीय सदस्य रहेको नेकपालाई वैधानिकता दिनुपर्छ”,उनले भनिन्,”केपी ओलीले त किरा फट्याङ्ग्रा चिन्हबाट पनि चुनाव लड्छन्”

“बल्ल खेल शुरु भयो, रोनाल्डो, पेले र मेस्सी हामीसँगै छन्”

प्रकाशित : शुक्रबार, फागुन १४, २०७७१८:४७

आज वर्षाको सम्भावना !