देशभर कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार माथि, थप ८१ जनामा संक्रमण पुष्टि !

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालभर ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।


यस दिन २ हजार ८ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ८१ मा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७४ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शनिबार मुलुकभर ४८ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ३२५ पुगेको छ। अहिले नेपालमा ९ सय ६७  जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ। योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या २ हजार ७ सय ७३ पुगेको छ ।

प्रकाशित : शनिबार, फागुन १५, २०७७१६:५९

कांग्रेस र कम्युनिष्टको असफलताको कारण देशमा विदेशी चलखेल बढ्यो : कमल थापा