कांग्रेस र कम्युनिष्टको असफलताको कारण देशमा विदेशी चलखेल बढ्यो : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसकोको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको बताएका छन्।

आज काठमाडौंमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रवादी आन्दोलनको आवश्यकतामा रहेको समेत बताए।

राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको हुँदा राजसंस्था र हिन्दूत्व समृद्धिको बाधक नभएको उनको भनाइ थियो। राजसंस्थाको अन्त्य भएपछि प्रजातन्त्रको निमित्त कहिले पनि लड्नु नपर्ने धारणा राख्ने नै आज प्रजातन्त्र संकटमा परेको र हत्या भएको भन्दै सडकमा आएकोप्रति थापाको कडा कटाक्ष थियो।

कार्यक्रममा पार्टीका अर्का अध्यक्ष पशुपतिशमशेर राणाले राज्यमा देखा परेका संकटको समाधानको लागि राजसंस्था र हिन्दु राष्ट्रको विकल्प नभएको बताएका छन्। कार्यक्रममा युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमाल, राप्रपाका युवा नेता राजाराम बर्तौला,पार्टी काठमाडौं अध्यक्ष नवराज सिंखडा ,युवा संगठनका नेताहरु गुणराज राजभण्डारी ,हिक्मत जङ्ग कार्की,रिद्धिप्रताप जङ्ग राणा लगायतको सहभागिता रहेको थियो।

प्रकाशित : शनिबार, फागुन १५, २०७७१७:१८

ओलीको मनमा रहेको मैलो पखाल्दा बागमतीको पानी सकियो तर अझै पखालिएन: युवराज ज्ञवाली