भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्ने प्रचण्ड माथि शान्ता चौधरीको कडा प्रहार ! यसो भनिन् …

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली समूहकी नेतृ शान्ता चौधरीले विदेशी इसारामा सरकार ढाल्न एक वर्ष देखि भइरहेका खेलहरु अहिले आएर प्रष्ट भएको बताएकी छन्।

नेकपाको अर्को खेमाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डले एक मिडियामा अन्तर्वार्ता दिनेक्रममा जसपा, नेपाली कांग्रेस र आफूहरु मिलेर सरकार बनाउँदा भारतलाई कम्पर्टेबल हुने बताएसँगै चौधरीले यस्तो बताएकी हुन्।

प्रचण्डको तर्फबाट भारत कम्पर्टेबल हुने भन्दै आएको अभिव्यक्तिले सरकार ढाल्न एक वर्ष देखि भइरहेका खेलहरु कसको इसारामा भइरहेका छन् भन्ने कुरा प्रष्ट भएको चौधरीको भनाई छ।

प्रचण्डले दिएको यस किसिमको अभिव्यक्तिले देशको सार्वभौमिकता र जनताको स्वाभिमानमाथि खेल खेल्नेहरुलाई चिन्न सहज बनाएको पनि चौधरीले बताएकी छन्।

आन्दोलनका क्रममा प्रचण्डले भारतीय हस्तक्षेपको आह्वान गर्नु र भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्नुलाई चौधरीले खेदजनक भनेकी छन्। राष्ट्रप्रेमि नेपालीहरु यस्ता हर्कतबाट जोगिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ।

“सत्य आफ्नै मुखबाट उजागर हुन्छ भन्थे हो रहेछ । भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो। नेपाली जनता ठूलो त्याग गरेर देशमा स्वाभिमान, समृद्धि र स्थिरता कायम हुन्छ भन्ने हेतुले ठूलो राजनीतिक परिवर्तनको बाहक बनेका थिए। त्यही उद्देश्य कार्यान्वयन होस् भनेर नेकपालाइ झन्डै दुई तिहाइ मत दिएर जिताएका हुन्। विदेशी इसारामा नेपाली जनताको यो भावनाको अपमान हुने गरी विगत एक वर्ष देखिका अनेक हर्कत भएका रहेछन भन्ने अब प्रस्ट भयो,” चौधरीले लेखेकी छिन्, “देशको सार्वभौमिकता र जनताको स्वाभिमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामी केहिमा रहेको भ्रम चिरिदिनु भयो। अस्ति आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु अनि अहिले भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्ने कुरा आउनु खेदजनक छन् । राष्ट्रप्रेमि नेपालीहरु यस्ता हर्कतबाट जोगिएर अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।”

प्रचण्डले के भनेका थिए ?

एक निजि टेलिभिजनलाई अन्तर्वार्ता दिनेक्रममा प्रचण्डले आफूहरुको सरकार बन्दा भारतलाई सहज हुने बताएका थिए। नेपाली कांग्रेस, नेकपाको आफ्नो समूह र जनता समाजवादी पार्टी मिल्द भारत मात्र नभई चिन्नलाई पनि सहज हुने उनको भनाई थियो।

“म के देख्छु भने नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतको लागि पनि ‘कम्फर्टेबल’ समीकरण हो। चीनको लागि पनि यो ‘कम्फर्टेबल’ नै हुन्छ। यति राम्रो सम्भावना अहिले छ, यो सम्भावनामा जानुपर्‍याे भनेर मैले भनेको छु। फेरि आत्मसमीक्षासहित भनेको छु। यो नै सबैको हितमा छ भन्ने मेरो भनाइ हो।’,प्रचण्डले भनेका थिए।

प्रकाशित : आइतबार, फागुन १६, २०७७०९:३०

ओलीसँग कुनै पनि हालतमा मिल्न नसकिने प्रचण्ड-नेपालको निष्कर्ष !