पिडुँला देखाएको भरमा सांसद बनाएको भनिएपछि कोमल वलीको चित्त दुख्न सम्म दुख्यो, यसो भनिन्

काठमाडौँ – पिँडुला देखाएको भरमा राष्ट्रियसभा सदस्य पाएको भनिएपछि कोमल वलीले आपत्ति जनाएकी छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका नेता रघुजी पन्तले दिएको अभिव्यक्ति प्रति वलीले सामाजिक संजाल मार्फत आपत्ति जनाएकी हुन्।

पन्तले आफू माथि टिप्पणी गर्दा प्रयोग गर्दा प्रयोग गरेको शब्दले आमा दिदीबहिनी सबैलाई अपमान गरेको वलीको भनाई छ। वलीले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै राेकिएकाे टिप्पणी गरेकी छन्।

वलीले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्,”नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ। उहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ ।”

विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्ने भन्दै वलीले पन्त जस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला? भनेर प्रश्न पनि गरेकी छन्।

वलीले फेसबुकमा यसो लेखेकी छन् –

पूर्वीय दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ । उहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?

के भनेका थिए पन्तले ?

एक कार्यक्रममा बोल्दै पन्तले धेरै संघर्ष गरेका महिलाहरुले पद नपाएको अवस्थामा कोमल वलीले भने सहजै पद पाएको बताएका थिए। त्यसक्रममा उनले वलीले भने सारी सरक्क सर्काएर गोरा पिडुंला देखाएको भरमा सांसद पाएको टिप्पणी गरेका थिए।

“छन् महिलाहरु अहिले केपीतिर पनि लागेका छन्। २० औं वर्ष बिहा नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन्। तर तिनले टिकट पनि पाएनन्। तिनले राष्ट्रिय सभा पनि पाएनन्।”,उनले भनेका थिए,”कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद त दिने नै भयो।”

प्रकाशित : आइतबार, फागुन १६, २०७७१०:१२

अमिताभ बच्चनको स्वास्थ्य अवस्था खराब, सर्जरी गराउदै!