काठमाडौँ, फागुन १६। ज्योतिष हरिहर अधिकारी र नेपाली चलचित्र क्षेत्रकी नायिकाको प्रेम चर्चा चलेको पनि करिब एक बर्ष बढी भैसक्यो। लामो समयदेखि प्रेमको चर्चा बटुलिरहेका यी दुईले सार्वजनिक रुपमा भने आफुहरुको प्रेमलाई स्वीकार गरेका छैनन्। तर सामाजिक संजालमा भने यी दुईबीच प्रेम रहेको स्पष्ट देखिन्छ।
नायिका निता यतिबेला भारतको आगरामा छिन् । उनि भोजपुरी चलचित्र ‘माही’ को छायांकनको लागि आगरामा बसेकी हुन्। त्यस्तै ज्योतिष हरिहर पनि आगरा पुगेका छन् । सामाजिक संजालमा नीता र हरिहरले एउटै सनग्लास लगाएको तस्विर शेयर गरेपछि नै यी दुई भारतमा रहेको अनुमान लगाइएको हो। नीताले आफ्नो एक तस्विर शेयर गर्दै स्टाटस लेखेकी छिन्, तिमि आयौ, बहार आयो’