पिडुँला देखाएको भन्ने रघुजी पन्त देखेर करिश्मालाई दया लाग्यो ? यसो भनिन् …

काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरले छोरी-चेली बारे बोल्दा ध्यान दिन आग्रह गरेकी छन्।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका नेता रघुजी पन्तले राष्ट्रियसभा सदस्य कोमल वली बारे गरेको टिप्पणीको सम्बन्धमा आफ्नो धारणा राख्दै मानन्धरले यस्तो आग्रह गरेकी हुन्। छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्न अभिनेत्री मानन्धरको आग्रह छ।

“छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकि समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस्।”,अभिनेत्री मानन्धरले फेसबुकमा लेखेकी छन्। त्यस्तै मानन्धरले राजनीतिक व्यक्तित्वहरुले एक अर्का प्रति टिप्पणी र प्रतिकार गर्दा गर्ने शब्द चयन देखेर आश्चर्य लाग्ने पनि बताएकी छन्।

फेसबुकमा मानन्धरले यसो लेखेकी छन् –

ठूला ठूला विचार बोक्छु भन्ने दावी गरेका, ठूला ठूला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्को प्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा पार्थ्यो। घोचपेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि भान हुन्थ्यो। अब त हुँदा हुँदा शब्दमा अपराधिक मानसिकता पनि देखिन थाल्यो। त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुकप्रति दया पनि लाग्यो। सुझाव दिन मन लाग्यो । आदरणीय, पहिला आफुले आफुलाइ सम्मान गर्नुस्, अनि अरुलाई सम्मान गर्न स्वत: सक्नुहुनेछ। छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकी समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस्।

के भनेका थिए पन्तले ?

एक कार्यक्रममा बोल्दै पन्तले धेरै संघर्ष गरेका महिलाहरुले पद नपाएको अवस्थामा कोमल वलीले भने सहजै पद पाएको बताएका थिए। त्यसक्रममा उनले वलीले भने सारी सरक्क सर्काएर गोरा पिडुंला देखाएको भरमा सांसद पाएको टिप्पणी गरेका थिए।

“छन् महिलाहरु अहिले केपीतिर पनि लागेका छन्। २० औं वर्ष बिहा नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन्। तर तिनले टिकट पनि पाएनन्। तिनले राष्ट्रिय सभा पनि पाएनन्।”,उनले भनेका थिए,”कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद त दिने नै भयो।”

पिडुँला देखाएको भरमा सांसद बनाएको भनिएपछि कोमल वलीको चित्त दुख्न सम्म दुख्यो, यसो भनिन्

प्रकाशित : सोमबार, फागुन १७, २०७७१३:३८

बादलले दिए प्रचण्ड-नेपाललाई सच्चिने अन्तिम मौका !