मार्टिनेजको प्राथमिकता इन्टर कि बार्सिलोना ? यसो भने …

एजेन्सी – लाउटारो मार्टिनेजले बार्सिलोना जाने विषय अब पुरानो भइसकेको बताएका छन् । अहिले आफ्नो प्राथमिकता इन्टर नै रहेको पनि उनले प्रष्ट पारेका छन् ।

अर्जेन्टिनी फरवार्ड कुनै समय बार्सिलोनाको उच्च प्राथमिकतामा रहेका थिए । तर चर्को मुल्यको कारण देखाउँदै बार्सिलोना पछि हटेको थियो । ‘त्यो विषयमा हामीले काम गरेका थियौं, मार्टिनेजले भने,‘ सम्झौताको कति नजिक थियौं म त्यो भन्दा सक्दिन । त्यो सबै बार्सिलोनामा निर्भर थियो ।’

इन्टरका कोन्टे मार्टिनेजको सम्झौता थप्नेमा प्रष्ट छन् । ‘कोन्टे यो विषयमा प्रष्ट छन् । मेरो पनि प्राथमिकता यहि यो । यो मेरो वचन हो । म योबाट पछि हट्दिन’, उनले भने,‘ बार्सिलोनासँगको विषय बितिसक्यो । म मेरो सम्झौता नविकरण गर्नेछु । म यहाँ लामो समय बस्नेछु ।’

रोमेलु लुकाकुसँग अग्रपक्तिमा लय मिलाइरहेका मार्टिनेजले इन्टर नै आफ्नो लागि सहि क्लब भएको पनि बताएका छन् । ‘हामी दुवैको पृष्ठभूमी समान छ । मेरो पनि बालापन कठिन थियो’, लुकाकुका बारेमा उनले भने,‘ हामीलाई थाहा छ हामी दुई जनाले अझै राम्रो गर्न सक्छौं । हामीले मैदानमा पनि त्यस्तै गरिरहेका छौं ।’

प्रकाशित : सोमबार, फागुन १७, २०७७१३:५८

बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ !