बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ !

एजेन्सी – बार्सिलोनाका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ पक्राउ परेका छन् । उनी अध्यक्ष भएका समयमा भएको गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै स्पेनिस प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

प्रहरी सोमबार बिहान बार्सिलोनाको मैदान क्याम्प नोउमा प्रवेश गरेको बताइएको छ । बार्सागेट काण्डमा क्लबका वर्तमान तथा पूर्व खेलाडीले क्लबको आलोचना गरेपछि क्लबको उच्च पदमा रहेकाले योजनावद्ध ढंगले मिडियामा आक्षेप लगाएका थिए । क्लबले ति खेलाडीविरुद्ध १३ एजेन्सीलाई विभिन्न कार्यक्रम चलाएर सामाजिक अस्मिता गिराउन पैसा तिरेको आरोप छ ।

अदालतमा विचाराधीन उक्त मुद्दाको विषयमा थप सोधपुछका लागि बार्टोमेउलाई पक्राउ गरिएको आँकलन गरिएको छ । उनीसँगै क्लबका सिईओ र कानुनी अधिकृत पनि पक्राउ परेको स्पेनिस मिडियाले जनाएका छन् ।

लिओनल मेस्सीसँग विवाद चर्कदै गएपछि बोर्टेमोउले बोर्ड अफ डाइरेक्टरबाट राजीनामा गरेका थिए । नयाँ अध्यक्षका लागि केहि दिन पछि हुने निर्वाचन अघि उनको पक्राउलाई लिएर गम्भिर रुपमा हेरिएको छ ।

प्रकाशित : सोमबार, फागुन १७, २०७७१७:३४

रोनाल्डो र मेस्सीलाई एकै टिममा खेलाउने चाहना छ: बेकहम