रोनाल्डो र मेस्सीलाई एकै टिममा खेलाउने चाहना छ: बेकहम

डेभिड बेकहमको टिम इन्टर मायामी एमएलएसको दोस्रो सिजनमा प्रवेश गर्दै छ। क्लबमा गोन्जालो हिगुइन र ब्लेज मटुइडी जस्ता शीर्ष नामहरू भित्र्याइसकेका इंगलिस फुटबल दिग्गज बेकहम आफ्नो टोली अझै प्रबल बनाउन खोजिरहेका छन्।

“मैले पहिलो दिनदेखि नै भनेको छु कि हाम्रो एकेडेमी प्रणाली यस क्लबको एक विशाल हिस्सा हो र यदि हामी धेरै भन्दा धेरै एकेडेमीका खेलाडीहरू ल्याउन सक्छौं भने, त्यो हाम्रो लक्ष्य हो, तर हामीलाई यो पनि थाहा छ कि हाम्रो फ्यान्स फुटबलका ठूला ठूला स्टार हेर्न चाहन्छन्,” बेकहमले नयाँ किटको प्रक्षेपणमा भने।

“हामीसँग पहिले नै गोन्जालो हिगुइन र ब्लेज मटुइडी जस्ता खेलाडीहरू छन् जसले क्लबलाई उत्कृष्ट बनाउन मद्दत गर्नेछन् तर हामी अगाडि अझै केही ठूला नामहरू पनि ल्याउने प्रयास गर्नेछौं,” उनले भने।

उनले विशेष गरी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको बारेमा पनि बोले। “अवश्य पनि हामी सधैं राम्रो खेलाडी ल्याउन चाहन्छौं,” उनले भने, “मायामी सबैका लागि एक उत्कृष्ट ठाउँ हो र ती प्रकारका खेलाडीहरू [मेस्सी र रोनाल्डो] लाई हामी यहाँ ल्याउन चाहन्छौं।”

आफ्ना खेलजीवनको अन्त्यतिर आएका रोनाल्डो र मेस्सी दुबैले एमएलएसमा खेल्ने इच्छा पनि व्यक्त गरेका छन्। यस्तोमा के बेकहम यी दुई फुटबल सुपरस्टारलाई एक टिममा खेलाउन सफल होलान् त ? यो उत्तर त समयले नै दिनेछ।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७११:५१

“मेस्सीलाई कमजोर आँके गल्ती हुन्छ, उनी जे पनि गर्न सक्छन्”