“मेस्सीलाई कमजोर आँके गल्ती हुन्छ, उनी जे पनि गर्न सक्छन्”

एजेन्सी – स्पेनिस क्लब सेभियाका खेलाडी पापु गोमेजले लियोनेल मेस्सीलाई कमजोर आँक्ने गल्ती आफूहरुले नगर्ने बताएका छन्। स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोना विरुद्ध खेल्नु अगाडी गोमेजले मेस्सीलाई कमजोर आँक्ने कार्य आफूहरुले नगर्ने बताएका हुन्।

मैदानमा लय समाएको खण्डमा मेस्सी जे गर्न पनि सक्षम रहेको उनले बताए। मेस्सीले मैदानमा जादू देखाउन सक्ने र त्यसले आफूहरुलाई गार्हो पार्ने गोमेजको भनाई छ। बार्सिलोना विरुद्ध खेल्दा मेस्सीको कमाल नचलोस् भन्ने कामना पनि उनले गरे।

“मेस्सी जे पनि गर्न सक्षम छन्। मेस्सीलाई सामान्य रुपमा लिने गल्ती गर्ने पक्षमा हामी छैनौँ। मेस्सीलाई हामीले विशेष ध्यान दिनेछौं।”,उनले भने,”आशा छ त्यो दिन मेस्सीको हुनेछैन।”

स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले बार्सिलोनालाई २–० ले पराजित गरेको थियो। सेभियालाई जुलेस कुन्डे र इभान राकिटिचको गोलले जिताएको थियो ।

सेभिया विरुद्ध मेस्सी

सेभिला वास्तवमा मेस्सीले प्राय गोल गर्ने ला लीगा टीम हो। ला लीगा अन्तर्गतका पछिल्ला २९ भेटमा मेस्सीले सेभिला विरुद्ध गोल गरेका छन्। मेस्सीले ला लीगामा सेभिला विरुद्ध २९ खेलमा ३० गोल गरेको तथ्यांक छ।

मेस्सीले गत हप्ता मात्रै सेभिला विरुद्ध गोल गरेका थिए। सेभियाको घरेलु मैदान रोमान सान्चेज पिचुआनमा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै एक गोल र एक असिस्ट गरेका थिए।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१२:४४

एम्बाप्पेले मेस्सी र रोनाल्डोलाई पछि पार्न सक्छन्: पोचेटिनो