एम्बाप्पेले मेस्सी र रोनाल्डोलाई पछि पार्न सक्छन्: पोचेटिनो

फ्रेन्च च्याम्पियन पीएसजीका कोच माउरीसियो पोचेटिनोका अनुसार किलियन एम्बाप्पे पहिले नै “विश्वका सर्वश्रेष्ठ” मध्ये एक हुन् र पेरिस सेन्ट-जर्मेन स्टार भविष्यमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारी हुन सक्ने बताएका छन्। २०२१ मा उत्कृष्ट लयमा रहेका एम्बापेले यस साता डिजोनसँगको खेलमा २ गोल गरे, जसको मद्दतले पीएसजी ४-० को सहज नतिजा निकाल्न सफल भयो।

क्लबसँग नयाँ सम्झौता हस्ताक्षरको बारेमा चर्चा बढिरहँदा क्लबका प्रशिक्षकले फ्रेन्च स्टारले वर्तमान फुटबलिंग ग्रेटसँग तुलना गर्दै एम्बाप्पे मेस्सी र रोनाल्डोको स्तरमा पुग्ने बताएका छन्। अर्जेन्टिनी प्रशिक्षकले एएफपीले एम्बाप्पे फुटबलको शीर्ष स्तरमा मेस्सी र रोनाल्डो जस्तै सफल हुन सक्ने सम्भावना बारे सोध्दा भने,”उनीसँग क्षमता छ। उनीमा केहि कमी छैन। मात्र समयको कुरा हो।”

“हामी प्रक्रियालाई अगाडि बढाउन सक्दैनौं। मलाई लाग्छ कि उनी पहिले नै विश्वको सर्वश्रेष्ठमा पर्छन्। उनलाई सर्वोत्कृष्ट हुनको लागि समय चाहिन्छ,” उनले भने। पूर्व मोनाको स्टारले मेस्सी र बार्सिलोना विरुद्ध गत महिना च्याम्पियन्स लिगमा अन्तिम १६ मा ह्याट्रिक गर्दै आफ्नो स्तर पनि साबित गरिसकेका छन्।

एम्बाप्पेको लागि अर्को यस्तै प्रदर्शन – जो पहिले नै विश्वकप विजेता हुन् – अर्को हप्ताको दोस्रो चरणमा बार्सिलोनालाई रोक्न पर्याप्त हुनेछ। तर पोचेटिनोले बलाग्रानामाको २०१७ को प्रख्यात कमब्याक जित दोहोरिनबाट जोगिनको लागि आफ्नो पक्षलाई चेताउनी दिएका छन्।

“फुटबलमा कुनै पनि चीज सम्भव छ,” उनले भने, “सबैभन्दा अविश्वसनीय चीजहरू हुन्छन्, सकारात्मक र नकारात्मक दुबै।” पीएसजीले बार्सिलोनासँगको खेल मार्च ११ मा आफ्नै होम मैदान पार्क डे प्रिन्समा खेल्नेछ।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१८:१०

मेस्सी पश्चात यी ३ खेलाडीले गर्नेछन् बार्सिलोनामा राज !