अमेरिकाको ओक्लाहोमामा एउटा अचम्मलाग्दो घटना घटेको छ। त्याहाँका एक व्यक्तिले आफ्नो छिमेकी महिलाको ज्यान लिएर उनको मुटु बाहिर निकाले। त्यसपछि, उनी घर गएर उक्त मुटुको आलुसँग मिलाएर तरकारी बनाए र घरका दुई सदस्यलाई खुवाए। पछि उनले ती दुई व्यक्तिको पनि ज्यान लिए। हाल, अमेरिकी पुलिसले यो अपराधको अनुसन्धान गरिरहेको छ। यस डरलाग्दो घटनाको बारेमा जान्नुहोस्…..
अमेरिकी मिडिया रिपोर्ट अनुसार आरोपीको पहिचान लरेन्स पल एन्डरसनको रूपमा भएको छ। ओक्लाहोमा स्टेट अफ इन्भेस्टिगेशनका एक एजेन्टका अनुसार लरेन्स पल एन्डरसनले ओक्लाहोमा शहरदेखि ४० माईल दक्षिण पश्चिम दिशामा चिकाशामा आफ्नो छिमेकी एन्ड्रिया लिन ब्लान्कनिपको उनकै घरमा ज्यान लिए।
उक्त महिलाको ज्यान लिएपछि लरेन्सले महिलाको मुटु निकाले। त्यस पछि ती महिलाको मुटु घरमा आलुसँग पकाएर आफ्ना काका र काकीलाई खान दिए। लरेन्स यतिमा पनि रोकिएनन्। उनले आफ्ना काका र उनकी चार वर्षीय छोरीको समेत ज्यान लियो। त्यस्तै, काकीलाई पनि जानलेवा हमला गरे जसको कारण उनी नराम्रोसँग घा-इते भईन्।
जानकारीका अनुसार विगतमा पनि लरेन्स माथि थुप्रै घटनाको आरोप छ। उनी पहिला पनि जे-लबाट छुटेका थिए। यस घटना हुनु भन्दा पहिले उनी जे-लबाट जनरल कम्युटेशनमा बाहिर आएका थिए। पुलिसले अदालतलाई दिएको बयान अनुसार लरेन्स पल एन्डरसनलाई एउटा मुद्दामा २०१७ मा २० वर्ष जेल सजाय सुनाइएको थियो। लरेन्स पल एन्डरसनले आफ्ना सबै अ-प’रा-धहरू अदालतमा स्वीकारेपछि अदालतले उनलाई जेल फिर्ता पठाएको छ।