यी ५ भिखारीहरु जो छन करोडौको मालिक, कति छ सम्पति?

हरेक मानिसलाई जीवन चलाउनको लागि पैसाको जरुरत हुन्छ। यस्तैमा कैयौँ व्यक्ति पेसा गर्छन्, कैयौ काम-धन्दा गर्छन र अन्य तरिकाले पैसा कमाउछन्। तर आफ्नो र परिवारको पेट भर्नको लागि पैसाको जरुरी हुन्छ।  साथै तपाईले सडकमा कैयौँ मान्छेलाई भिख मागेको देख्नुभएको छ होला। तर यसको मतलब यो हैन कि मान्छे पैसा कमाउदैनन्। तपाई यो सुनेर छक्क पर्नुहुनेछ कि भिखारीको  पनि करोडौँ सम्पत्ति  रहेको छ।

भरत जैन

सबैभन्दा धनी भिखारीको लिस्टमा पहिलो नाम भरत जैन हो। पत्रिकामा  प्रकाशित रिपोर्ट अनुसार, भारतको धनी भिखारी रहेका छन्। भारत  धेरै मुम्बईको परेल  एरियामा भिख माग्छन्। रिपोर्ट अनुसार उनको दुईओटा महँगो फ्ल्याट रहेको छ।  एक फ्ल्याटको मुल्य लगभग ७० लाख रुपैँया रहेको छ। उनको  हरेक महिनाको कमाई ७५ हजार रहेको छ।

लक्ष्मी

कोलकाताको गल्लीमा लक्ष्मी भिख  माग्छिन्। उनले  १९६४  बाट लगातार भिख मागिरहेकी छन्। जब उनी १६ वर्षकी थिइन्। उनले  ५० वर्षमा  लगभग लाखौँ  भिख मागेर कमाएकी छन्। लक्ष्मी प्रतिदिन भिख मागेर एक हजार रुपैँया कमाउछिन् भने महिनामा ३० हजार कमाउछिन् ।  लक्ष्मीले अहिलेसम्म जति पनि पैसा कमाएकी छन, त्यो बैंकमा जम्मा गरेर राखेकी छन्।

गीता

गीता मुम्बईको चरनी रोडको नजिक भिख माग्छिन्।  गीता हरेक दिन भिख मागेर १५०० रुपैँया कमाउछिन्। साथै उनले महिनामा ४५  हजार रुपैंया कमाउछिन्। एक सामान्य  मान्छेले  यति पैसा कमाउन धेरै मेहिनेत गर्नुपर्छ। कथित  रुपमा उनीसँग एउटा फ्ल्याट रहेको छ, जहाँ उनी  आफ्नो भाईसँग  बस्छिन्  ।

चंद्र आजाद

चंद्र आजाद पनि भिख  मागेर पैसा कमाउछन् । पत्रिकाको एक रिपोर्ट अनुसार कथित रुपमा उनले भिख मागेर आफ्नो गुजारा गर्छन् र उनको नजिक गोवंडीमा आफ्नो घर  पनि रहेको छ। उनको बैंकमा ८.७७ लाख भारती रुपैँया  जम्मा रहेको छ। साथै उसँग नगद डेढ़ लाख रुपैँया छ।  यधपी  उनि २०१९ मा चंद्र एक रेल दु–र्घटनामा मृत भेटिएका थिए। त्यसपछि पुलिसले उनको सम्पत्तिको अनुसन्धान गरेको थियो।  उनको यति धेरै सम्पत्ति  देखेर सबै छक्क परेका  थिए ।

पप्पू

कैयौँ मिडिया  रिपोर्ट्स  अनुसार  पप्पू कुमार नामको एक व्यक्ति  बिहारको पटनामा रेल प्लेटफर्ममा भिख माग्छन्। एक दु-र्घटनामा उनको खुट्टा फ्र्याकचर भएपछि उनले पटनाको रेलवे स्टेशनमा भिख माग्न सुरु गरेका थिए। कैयौँ रिपोर्ट अनुसार पप्पूसँग लगभग १.२५  करोड रुपैँयाको सम्पत्ति रहको छ।

प्रकाशित : बुधबार, फागुन १९, २०७७१४:२३

सम्पत्ति बेचेर यी दुई जुम्ल्याहा बने केटी !