आज बुधबार बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ – फागुन महिनाको शुरुवात देखि नै सस्तो हुँदै आएको सुनको मूल्य  बुधबार भने बढेको छ । मंगलबार घटेको सुनको मूल्य आज  भने बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ५ सय रुपैयाले बढेको छ । जसपश्चात आज छापावाला सुनको मूल्य ८७ हजार ५ रुपैयामा कायम भएको छ ।

त्यस्तै बुधबार तेजाबी सुनको मूल्य पनि ५  सयले बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ८७ हजार ५० रुपैयामा कायम भएको छ।

सुन लकडाउन पछिकै सस्तो

मंगलबार कायम भएको सुनको मूल्य कोरोना भाइरस संक्रमण महामारी पश्चात सरकारले लगाएको लकडाउन पछिकै सस्तो हो। लकडाउनको समयमा ठप्प भएको सुनको कारोबार जेठ २५ गते बाट खुला भएको थियो। त्यसदिन सुनको मूल्य ८७ हजार ४ सयमा कारोबार भएको थियो। यस हिसाबले सुनको मूल्य आज २ सय ६८ दिन यताकै सस्तो हो।

चाँदीको मूल्य

 यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ । आज चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

प्रकाशित : बुधबार, फागुन १९, २०७७१२:०६

लगातार सस्तो हुँदै सुन, लकडाउन अगाडीकै मूल्यमा फर्किंदै ! कति घट्यो ?