लगातार सस्तो हुँदै सुन, लकडाउन अगाडीकै मूल्यमा फर्किंदै ! कति घट्यो ?

काठमाडौं – लगातार सस्तो भइरहेको सुनको मूल्यमा शुक्रबार पनि गिरावट आएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले घटेको छ। शुक्रबारको गिरावटसँगै छापावाला सुनको मूल्य ८५ हजार ६ सय रुपैंयाँ र तेजाबी सुनको मूल्य ८५ हजार १ सय ५० कायम भएको छ।

यस अगाडी सुनको मूल्य आइतबार ५ सय रुपैंयाँले घटेको थियो भने सोमबार ४ सय रुपैंयाँले बढेको थियो। त्यस्तै मंगलबार सुनको मूल्य एकै दिन १ हजार ७ सय रुपैंयाँले घट्दा बुधबार र बिहिबार क्रमश ५ सय र १ हजार रुपैंयाँले घट्यो।

यस हप्ता सुनको मूल्य

यस हप्ता छापावाला सुन बढीमा ८८ हजार ७ सय रुपैंयाँ र तेजावी सुन ८८ हजार २ सय ५० रुपैंयाँमा कारोबार भयो। त्यस्तै आज कायम भएको सुनको मूल्य यस हप्ताकै सस्तो हो।

सुनको मूल्य यस वर्षकै सस्तो

शुक्रबार कायम भएको सुनको मूल्य यस वर्षकै सस्तो रहेछ छ। कोरोना भाइरस संक्रमण महामारी पछि सरकारले लगाएको लकडाउन पश्चात सुनको कारोबार जेठ २५ गतेबाट मात्रै खुला भएको थियो। सुनको कारोबार खुला भएको पहिलो दिननै सुनको मूल्य ८७ हजार ४ सय तोकिएको थियो।

त्यसयता लगातार बढ्दै सुनको मूल्यले इतिहाँसकै महँगो मूल्य कायम गरेको थियो। साउन महिनामा सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैंयाँ सम्ममा पुगेको थियो। तर पहिल्ला केहि दिनहरुमा अन्तराष्ट्रिय बजारमै सुनको मूल्य घटेपछि नेपाली बजारमा पनि सुनको मूल्य घटेको छ।

चाँदीको मूल्य

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य आज एकैदिन तोलामा रु ३५ ले घटेको छ। नेपाली बजारमा आज चाँदी १ हजार २ सय ५० मा कारोबार भइरहेको छ।

प्रकाशित : शुक्रबार, फागुन २१, २०७७११:३२

हप्ताको पहिलो दिन नै बढ्यो सुनको मूल्य ! कति ?