राकिटिक भन्छन् – “मैले जितेको एक ट्रफी मेस्सीले जिन्दगीभर पनि जित्न सक्दैनन्”

इभान राकिटिक र लियोनल मेस्सी गयराती कोपा डेल रे सेमी फाइनलको खेलमा आमने-सामने भए जसमा मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले सेभिल्लालाई ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जीत निकाल्दै फाइनलको टिकट काट्न सफल भयो।

 

खेलअघि राकिटिकले आफू बार्सिलोनामा हुँदा मेस्सीसँग गरेको एक मजाकको बारेमा खुलासा गरेका थिए। “मैले मेस्सीसँग कुरा गरिरहेको थिएँ र भनें, ‘तिमीले सबै उपाधि जितेका छौ, धेरै अनगिन्ती गोल गरेका छौ,’ तर मैले उसलाई भनें, ‘मैले एउटा एस्तो ट्रफी जितेको छु जुन तिमीले कहिल्यै जित्ने छैनौ, तिमीले युरोपा लिग कहिले पनि जित्न सक्ने छैनौ।”

क्रोएशियन मिडफिल्डरको कप्तानीमा सेभिल्लाले २०१४ मा युरोपा लिग उपाधि जितेको थियो। राकिटिकले ला लिगा, कोपा डेल रे, स्पेनिस सुपरकप, यूईएफए च्याम्पियन्स लिग, यूईएफए सुपर कप, र फिफा क्लब विश्व कप जितेका छन् तर यी सबै मेस्सीले पनि जितिसकेका छन्। दुबै स्टार खेलाडी फिफा विश्वकपको रनर अप समेत रहिसकेका छन्।

टिम ट्रफी जुन राकिटिकले जितेका छन् र मेस्सीले जितेका छैनन्, त्यो हो युरोपा लिग र स्विस कप उपाधि। यो सम्भावना देखिंदैन कि मेस्सीले कहिल्यै यी प्रतियोगितामा खेल्नेछन्।

प्रकाशित : बिहिबार, फागुन २०, २०७७१८:५६

रोनाल्डोले युभेन्टसबाट गरेको गोल सङ्ख्याले देखाउँदा उनी के चीज हुन् भनेर !